• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » इलाममा पहिरोः १४ मध्ये ४ को शव फेला, उद्दार कार्य जारी, राजमार्ग पनि अवरुद्ध
इलाममा पहिरोः १४ मध्ये ४ को शव फेला, उद्दार कार्य जारी, राजमार्ग पनि अवरुद्ध


असोज १५ – इलाममा अविरल वर्षापछि आएको पहिरोले २ वटा गाडी पुर्दा र तीन वटा बगाउँदा हराईरहेकामध्ये ४ जनाको शव फेला परेको छ ।

इलामको हर्कटे कोल्बुङ सडक खण्डमा गएको पहिरोमा परी बेपत्ता भएका १४ जना मध्ये चार जनाको शव फेला परे पनि अन्य १० जनाको अवस्थामा भने अझै पत्ता लाग्न सकेको छैन ।

हराईरहेका १० जनाको खोजी कार्य तिब्र बनाईएको छ । तर त्यहाँ पानी परिरहेकाले उद्दार कार्यमा समस्या आएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा सशस्त्र प्रहरी, नेपाल प्रहरी, रेडक्रसका साथै स्थानीय बासिन्दाले उद्दार कार्य जारी राखेका छन् ।

पहिरोले को १ च २६१९ नम्बरको पिकअप, को १ ख १६१३ नम्बरको पिकअप गाडि पुरेको छ भने, मे १ त ११९६ नम्बरको पिकअप, मे १ च ११९६ नम्बरको ट्रक र अन्य दुइवटा सेन्ट्रो कार बगाएको बताइएको छ ।

मेची राजमार्ग अन्तर्गत उक्त सडकखण्डमा गएको पहिरोका कारण राजमार्ग भएर चल्ने सवारी साधन भने बीच बाटोमै अलपत्र अवस्थामा रहेका छन् । त्यहाँ राजमार्ग सञ्चालन गर्न पनि पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: October 01, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
गृह पृष्ठ |