मङ्सिर २३ – जनताको घरमा बास बस्ने अभियान अन्तर्गत प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गएराति कैलालीको मुक्तकमैया शिविरमा अवस्थित बाबुराम चौधरीको घरमा बास बिताए ।
सो बेला भट्टराईले मुसाको अचार, ढिकरी र जाँड समेत खाए । चौधरी समुदायमा पाहुनालाई स्वागत गर्दा मुसाको मासु खुवाउने चलन रहेकाले भट्टराईलाई समेत मुसाको मासु चखाएका हुन् ।
थारु परम्परा अनुसार आफ्नो घरमा आउने पाहुनाहरुका लागि मुसाको चटनी, जाँड तथा ढिकरीको परिकार खुवाउने र खुट्टा धोएर ढोग्ने चलन रहेकोमा प्रधानमन्त्रीले अरु सबै गरेपनि खुट्टा धुन र ढोग्न भने दिएनन् ।
खुट्टा ढोग्न माग्दा भट्टराईले यो सामन्ती संस्कार चाहिं मलाई नगराउनुस् भनेका थिए । प्रधानमन्त्रीको खुट्टा धुन तामाको भाँडो लिएर बसेकी मुक्तकमैया बाबुरामकी कान्छी श्रीमती सीमा चौधरी प्रधानमन्त्रीले गोडा धुन नमानेपछि हाँस्दै फर्किएका थिए ।
मुक्तकमैया बस्तीमाप्रधानमन्त्रीले अरु सबै मुत्तकमैयाका गुनासा र सुझाव पनि सुनेका थिए ।