२९ चैत – एकीकृत नेकपा माओवादी पश्चिम ब्युरोले गत मङ्गलबार बागलुङमा गरेको जनसभामा रु २२ लाख खर्च गरेको खुल्न आएको छ ।
जनसभामा कार्यकर्ता आउन जाने यातायात खर्च र भोजन तथा आवासका लागि खर्च बढी भएको मगरात राज्य समितिका संयोजक लोकेन्द्र विष्टमगरको भनाई उदृत गर्दै राससले उल्लेख गरेको छ ।
क्रान्तिकारी पत्रकार सङ्घ बागलुङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा विष्टले पहिलो दिनको जनसभा र दोस्रो दिनको प्रशिक्षण कार्यक्रमको व्यवस्थापन गर्दा बढी खर्च भएको बताए ।
जनसभामा धौलागिरी अञ्चलका तीन जिल्ला तथा छिमेकी कास्की र स्याङ्जाबाट सयौँ माओवादी कार्यकर्ता आएका थिए ।
सभा तथा प्रशिक्षण कार्यक्रम पूर्णरुपमा सफल भएको पार्टीले निष्कर्ष निकालेको समेत श्री विष्टले जानकारी दिए । उक्त प्रशिक्षण कार्यक्रममा माओवादीका मगरात र तमुवान राज्य समितिका ६०० अगुवा कार्यकर्ता सहभागी भएका थिए ।
पत्रकार सम्मेलनमा बोल्दै श्री विष्टले वर्तमान राजनीतिक निकासका लागि सरकारले छिटो संविधानसभाको चुनावको मिति घोषणा गर्नुपर्ने र त्यो चुनावमा सबैको सहभागिता हुनुपर्ने बताए ।
Powered by Blogger.
एमाओवादीको एउटै जनसभामा २२ लाख खर्च
प्रकाशित मिति:
April 11, 2013