भवनमा पुरिएको सोह्र दिनपछि एक वृद्धाको जिवीतै उद्धार
ढाका, २७ वैशाख । बङ्गलादेशको राजधानी ढाकामा गत अप्रिल २४ मा भत्किएको भवनबाट आज करिब १६ दिनपछि एकजना महिला जिवीतै भेटिएकी छिन् ।
उक्त घटनालाई आज बङ्गलादेशको राजधानीबाट विश्वका सञ्चारमाध्यमहरूले एक आश्चर्यपूर्ण घटनाका रूपमा प्रचार गरेका छन् ।
बितेको १६ दिनसम्म सो भवनमा पुरिएका नागरिकको उद्वारको कार्य जारी छ । तर पनि उद्वारकर्मीहरूले उक्त दुर्घटनाको तीन दिनपछि देखि नै जिवीतै कसैलाई उद्वार गर्न सकिरहेका छैनन् ।
ती महिला भवनको भूँई तल्लामा नै भेटिएकी छिन् । उनी सो भत्किएका भग्नावशेषका चेपुवामा परेर बाँच्न सफल भएको पाइएको समाचारमा जनाइएको छ ।
उनले आफूसँगै लगेको पानी खाएकी र अरु पनि केही खानेकुरा उनीसँग भएको अनुमान गरिएको छ ।
उनले सो भवनका भग्नावशेषहरू खनेर उद्वार गरिरहेका सैनिकलाई देखेपछि अकस्मात चिच्चाएकी थिइन् । उनी चिच्चाएपछि उद्वारकर्मी पनि डराएका थिए ।
उनलाई जिवीतै देखेपछि हतार हतार एम्बुलेन्स बोलाइएको थियो । एम्बुलेन्समा हालेर तत्कालै अस्पताल पु¥याइएको बताइएको छ ।
उनी कसरी बाँचिन् र यतिका दिनसम्म के खाएर बाँचेकी थिइन् भन्ने बारेमा भने केही थाहा भएको छैन ।
उनलाई एम्बुलेन्समा राख्नासाथ बेहोस भएपछि उनी १६ दिनसम्म कसरी बाँच्न सकिन भन्ने बारेमा केही खुलेको छैन ।
उता सो भवनमा परी मृत्यु हुने नागरिकको सङ्ख्या एक हजार नाघेको समाचारमा जनाइएको छ ।
गार्मेन्टमा उद्धारको काम जारी नै रहँदा शुक्रबार बिहानसम्म मृत्यु हुनेको सङ्ख्या एकहजार ३५ पुगेको बताइएको छ ।
उक्त नौ तले भवनबाट गएराति करिब १४७ वटा शव निकालिएको थियो । अब पनि सो भवनमा कोही व्यक्ति पुरिएका छन् या छैनन् भन्ने बारेमा केही अनुमान नै गर्न नसकिएको बताइन्छ ।
यसअघि सो भवनमा परी पुरिएका नागरिक बढीमा नौसय मात्र भनिएको थियो । तर आज सो सङ्ख्या पनि बढी भइसकेकाले अब त्यहाँ कति छन् भन्ने बारेमा केही अनुमान गर्न नसकिएको बताइएको छ ।
सो दुर्घटनाको विरोधमा राजधानी ढाकामा हजारौँ नागरिकको विरोध प्रदर्शन पनि जारी नै रहेको छ । उनीहरूले दिनहूँजसो राजधानीमा प्रदर्शन गर्ने गरेका छन् ।
उनीहरूले उक्त भवन बनाउने मालिक तथा इञ्जिनियर र तयारी पोशाक सञ्चालन गर्ने मालिकलाई मृत्युदण्डको कारबाहीको माग गरेका छन् । रासस÷एपी
उक्त घटनालाई आज बङ्गलादेशको राजधानीबाट विश्वका सञ्चारमाध्यमहरूले एक आश्चर्यपूर्ण घटनाका रूपमा प्रचार गरेका छन् ।
बितेको १६ दिनसम्म सो भवनमा पुरिएका नागरिकको उद्वारको कार्य जारी छ । तर पनि उद्वारकर्मीहरूले उक्त दुर्घटनाको तीन दिनपछि देखि नै जिवीतै कसैलाई उद्वार गर्न सकिरहेका छैनन् ।
ती महिला भवनको भूँई तल्लामा नै भेटिएकी छिन् । उनी सो भत्किएका भग्नावशेषका चेपुवामा परेर बाँच्न सफल भएको पाइएको समाचारमा जनाइएको छ ।
उनले आफूसँगै लगेको पानी खाएकी र अरु पनि केही खानेकुरा उनीसँग भएको अनुमान गरिएको छ ।
उनले सो भवनका भग्नावशेषहरू खनेर उद्वार गरिरहेका सैनिकलाई देखेपछि अकस्मात चिच्चाएकी थिइन् । उनी चिच्चाएपछि उद्वारकर्मी पनि डराएका थिए ।
उनलाई जिवीतै देखेपछि हतार हतार एम्बुलेन्स बोलाइएको थियो । एम्बुलेन्समा हालेर तत्कालै अस्पताल पु¥याइएको बताइएको छ ।
उनी कसरी बाँचिन् र यतिका दिनसम्म के खाएर बाँचेकी थिइन् भन्ने बारेमा भने केही थाहा भएको छैन ।
उनलाई एम्बुलेन्समा राख्नासाथ बेहोस भएपछि उनी १६ दिनसम्म कसरी बाँच्न सकिन भन्ने बारेमा केही खुलेको छैन ।
उता सो भवनमा परी मृत्यु हुने नागरिकको सङ्ख्या एक हजार नाघेको समाचारमा जनाइएको छ ।
गार्मेन्टमा उद्धारको काम जारी नै रहँदा शुक्रबार बिहानसम्म मृत्यु हुनेको सङ्ख्या एकहजार ३५ पुगेको बताइएको छ ।

यसअघि सो भवनमा परी पुरिएका नागरिक बढीमा नौसय मात्र भनिएको थियो । तर आज सो सङ्ख्या पनि बढी भइसकेकाले अब त्यहाँ कति छन् भन्ने बारेमा केही अनुमान गर्न नसकिएको बताइएको छ ।
सो दुर्घटनाको विरोधमा राजधानी ढाकामा हजारौँ नागरिकको विरोध प्रदर्शन पनि जारी नै रहेको छ । उनीहरूले दिनहूँजसो राजधानीमा प्रदर्शन गर्ने गरेका छन् ।
उनीहरूले उक्त भवन बनाउने मालिक तथा इञ्जिनियर र तयारी पोशाक सञ्चालन गर्ने मालिकलाई मृत्युदण्डको कारबाहीको माग गरेका छन् । रासस÷एपी
प्रकाशित मिति:
May 11, 2013