काठमाडौँ, ९ जेठ । दुई हप्ताअघि बर्मुडामा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन थ्रीको उपाधि जित्दै डिभिजन दुई प्रवेश गरेको नेपाली राष्ट्रिय क्रिकेट टिम सम्मानित भएको छ ।
टोलीमा सम्मिलित खेलाडीलाई बिहीबार काठमाडौँको हिमालयन ह्वाइटहाउस इन्टरनेसनल कलेजले रु एक लाख ११ हजार १११ पुरस्कारका साथै सम्मानपत्र दिएको हो । खेलाडीलाई सम्मान गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले खेलकुदमा निजी क्षेत्रले समेत लगानी गर्दै जानु समग्र खेल क्षेत्रको सम्मान भएको बताए ।
कलेजका अध्यक्ष युवराज थापाले आफ्नो कलेजले बास्केटबल र क्रिकेटका अन्तर्राष्ट्रिस्तरका खेलाडी उत्पादन गरेको बताए । थापाका अनुसार नेपाली राष्ट्रिय क्रिकेट टिम कप्तान पारस खड्का , शरद् भेषावकर, सुवास खकुरेल, पृथु बास्कोटा र नेपाली क्रिकेट टिमका पूर्व कप्तान विनोद दास ह्वाइटहाउस कलेका पूर्वविद्यार्थी हुन् । सोही कलेजले नेपाली क्रिकेटका पूर्वकप्तान तथा राष्ट्रिय क्रिकेट एकेडेमीका प्रशिक्षक दासलाई पनि रु २५ हजारका साथै सम्मानपत्र दिइएको छ ।
Powered by Blogger.
क्रिकेट विजेता खेलाडीहरु सम्मानित
प्रकाशित मिति:
May 24, 2013