• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » सर्वोच्चद्धारा रोकिएको लाइसेन्सको नयाँ परीक्षा प्रणाली सुरु
सर्वोच्चद्धारा रोकिएको लाइसेन्सको नयाँ परीक्षा प्रणाली सुरु

जेठ ६ । यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लागि लागू गरेको नयाँ परीक्षा प्रणाली आइतबारदेखि सुरु गरेको छ । यसअघि वैशाखको दोस्रो सातादेखि लाइसेन्सका लागि सुरु गरेको नयाँ ट्रायल परीक्षा सर्वोच्च अदालतको अन्तरिम आदेशपछि रोकिएको थियो ।

गत वैशाख २९ गते सर्वोच्चबाट नै अन्तरिम आदेश खारेज भएपछि यातायात कार्यालयले आजदेखि पुनः नयाँ ट्रायल व्यवस्था सुरु गरेको हो ।

सर्वोच्चको आदेशले फुकुवा भएपछि लाइसेन्स परीक्षासम्बन्धी नयाँ व्यवस्था आजैबाट लागू गरिएको बागमती अञ्चल यातायात व्यवस्था कार्यालयका लाइसेन्स शाखाका निमित्त प्रमुख राममणि पोखरेलले राससलाई जानकारी दिए ।

उनका अनुसार लाइसेन्सका लागि यसअघि नै आवेदन दर्ता गरेका स्कुटर र कारको आज ट्रायल परीक्षा भएको छ । निमित्त प्रमुख पोखरेलले लाइसेन्सका लागि हप्ताका छ दिन आलोपालो मिलाएर आवेदन दिन सकिने बताए ।

नयाँ व्यवस्थाअनुरूप ट्रली बस कार्यालय परिसरमा स्कुटर तथा बग्गीखानामा कारको ट्रायल परीक्षा हुनेछ । यातायात व्यवस्था कार्यालयका अनुसार स्कुटरको आवेदन हप्तामा एक दिन मात्रै दिन सकिनेछ ।

कार्यालयले आइतबार स्कुटर र गाडी, सोमबार र मङ्गलबार मोटरसाइकल र गाडी, बुधबार मोटरसाइकल, बिहीबार मोटरसाइकल र ठूलो गाडी, शुक्रबार मोटरसाइकल र सानो गाडीको मात्रै आवेदन दर्ता हुनेछ ।

आवेदन दिएको भोलिपल्ट लिखित र पर्सिपल्ट ट्रायल परीक्षा हुने कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: May 20, 2013

यसमा तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार


अदुवा निकासी प्रतिबन्ध खुल्ला

बाम गठबन्धनलार्इ बाईपास गरेपछि लागे...

आज बेलुकी चन्द्रग्रहण, कुन राशिले ...

प्रदेश ३ को उपसभामुखमा माओवादी सांं...
नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
  • प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
  • प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
  • फागुन ११ देखि रसुवागढीको आइपिओ
  • चन्दा उठाएर रु ११ लाखमा भवन निर्माण
  • पैसा कमाउन विदेश नै जानु पर्दैन
  • ठेउलेखोलाको परीक्षण उत्पादन सफल
चर्चित समाचारहरु
  • परिवारका सदस्यको भूकम्पबाट मृत्युको स्मृतिमा भैरव मन्दिरको पुननिर्माण
  • माओवादीको मत किनेर नेपाली कांग्रेस पहिलो पार्टी भयो : खनाल
  • ५५ दलले बुझाए समानुपातिक निर्वाचनतर्फ उम्मेदवारको बन्दसूची
  • नेपाली राजदूत मायाकुमारीलाई फिर्ता बोलाउ :कतारी राजदूत
  • द्वन्द्व पीडितलाई राहतका लागि सात वर्षपछि सिफारिस
गृह पृष्ठ |