प्रचण्ड ट्याब्लेट खाएर सुतेका छन् : अध्यक्ष वैद्य
जेठ,१४ काठमाडौं । नेकपा माओवादीका अध्यक्ष
मोहन वैद्यले एमाओवादी अध्यक्ष प्रचण्डले नेकपा माओवादीसँग पार्टी एकता हुने हल्ला गरेर कांग्रेस र एमालेलाई तर्साएको दावी गरेका छन् ।
उनले जुन बेला जे पनि बोल्ल सक्ने प्रचण्ड भएकोले उनको बोलाइमा सत्यता नभएको दाबि गरे । दक्षिण पन्थी सगं पार्टी एकता कदापि नहुने बताए ।
उनीहरुले नौलो जनवाद छाडे, राष्ट्रिय स्वाधिनता छाडे, भारतीय विस्तारबादसँग मिले अनि नेपाली जनताको पक्षमा रहेको सुन्दा हाँसो उठ्ने र पार्टी एकताको कुरा गर्ने प्रचण्ड निद्रा लाग्ने ट्याब्लेट खाएर निदाएको भन्दै उनले त्यसबाट उनलाई ब्यूझिन सुझाब समेत दिए ।
प्रकाशित मिति:
May 28, 2013