औपचारिक रुपमा हटमेलको अस्तित्व समाप्त

गत फेब्रुअरीमा आउटलुकले आफ्नो पि्रभ्यु भर्सनलाई प्रयोगमा ल्याएको थियो। त्यतिबेला यसका लगभग ६ करोड सक्रिय प्रयोगकर्ता थिए। अहिले हटमेलका प्रयोगकर्ता समेत आउटलुकमा आए पछि अहिले आउटलुकका ४० करोड सक्रिय प्रयोगकर्ता भएको बताइएको छ। अब आउटलुक डट कम इमेल सेवाका लागि प्रख्यात हुने माइक्रोसफ्टको दावी छ।
आउटलुकको इन्टरफेस पनि आधुनिक छ। अब यसका प्रयोगकर्ताले टु फ्याक्टर अथेन्टिकेसन, अपडेटेड क्यालेन्डर र एप्स तथा स्काइड्राइभ र स्काइप जस्ता महत्वपूर्ण सुविधाहरू प्रयोग गर्न सक्नेछन्। यसमा भएको अर्को राम्रो विशेषता सोसियल मिडिया इन्टिग्रेसन हो। इनबक्सबाहेक आउटलुक मेलमा फेसबुक, टि्वटर, लिंक्डइनजस्ता साइटमा रहेका एकाउन्टमा गरिएका अपडेट हेर्न, कमेन्ट तथा लाइक गर्न सकिन्छ। अहिले स्काइप समेत यसैमा जोडिएकाले सजिलै भिडियो च्याट गर्न सकिन्छ। इमेलको अटोमेटिक अर्गनाइजेसनलाई पनि महत्वपूर्ण मान्न सकिन्छ। यसले फेसबुक, टि्वटर, लिंक्डइन आदिबाट आएका इमेल तथा सब्स्क्राइब गरेका न्युजलेटर तथा अन्य अपडेटहरूलाई फरक फरक फोल्डरमा राख्छ। यसमा साथीको प्रोफाइल पिक्चर र फेसबुकमा साथीका रूपमा एड गरेको व्यक्तिको कन्ट्याक्ट अपडेट पनि हुन्छ। त्यसैगरी यसमा ग्रुप कन्ट्याक्ट बनाएर साथीहरूलाई एकै पटक इमेल गर्न सकिन्छ भने साथीहरूले अन्य मिडियामा अपडेट गरेको तस्बिर पनि सजिलै हेर्न सकिन्छ।
हटमेलको अफिसियल नाम माइक्रोसफ्ट हटमेल हो। यसलाई पहिलो वेबमा आधारित इमेल सेवा मानिन्छ। यसका संस्थापक सबिर भाटिया र ज्याक स्मिथ हुन्। सन् १९९६ को जुलाईमा यसलाई हटमेल नामाकरण गरियो। सन् १९९७ मा यसलाई माइक्रोसफ्टले किनेको थियो। पछि यसलाई एमएसएन हटमेलका रुपमा रि ब्रान्डिङ्ग गरियो। सन् २०१२ सम्म यसलाई जीमेल पछिको दोश्रो इमेल सेवाप्रदायक संस्था मानिन्छ। माइक्रोसफ्ट विभिन्न विशेषताका आधारमा यसलाई अझ लोकपि्रय बनाउने अभियानमा लागिपरेको छ।
प्रकाशित मिति:
May 10, 2013