बैशाख २७ । दशौँ हजार रगत राजतन्त्रकै लागि बगाउन नाइकेको रोल खेल्ने अहिलेका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुलेआम राजाको समर्थन गर्न थालेका छन् ।
मिडियामा एमाओवादीको सोचाई 'नो एलाइन्स विथ माओइस्ट टु रिभाइभ मोनार्की' भन्दा माथि रहेको जस्ता गोप्य-गोप्य कुराहरु बाहिर आईरहेको अवस्थामा प्रचण्डले एक नेपाली अनलाइन पत्रिकासँग राजा राष्ट्रपति बन्न सक्ने विचार व्यक्त गरेका हुन् ।
शाहीकालिन मुख्य सचिव तथा अख्तियारले नै भ्रष्टचारी ठहर गरिसकेको जनआन्दोलन दबाउन महत्वपूर्ण भूमिका खेलेका लोकमानसिंह कार्कीलाई अख्तियारको प्रमुख बनाएसँगै प्रचण्डले राजाको पक्षमा लबिंग गरेको देखिन्छ ।
अझ विश्लेषकहरु त अब विदेशीको इशारामा प्रचण्डले देश बनाउन राजा नै चाहिने रहेछ भनेर फिर्ता ल्याउन सक्ने समेत टिप्पणी गर्न थालेका छन् ।
प्रचण्डले पार्टी खोलेर चुनाव लड्न आउँछन् भने पूर्वराजा ज्ञानेन्द्रले पनि लोकतन्त्रमा निर्वाचन लड्न पाउने भन्दै पूर्व राजा ज्ञानेन्द्रले पनि प्रतिस्पर्धा गरे हुन्छ, त्यसलाई आफूहरुले सहजरुपमा लिनुपर्ने समेत बताएका छन् ।
अन्तरवार्तामा ज्ञानेन्द्रले निरंकुश शासन पनि लगाएका हुन् । थुप्रै मान्छे मार्नेमा पनि उनको प्रत्यक्ष भूमिका छ । उनी सामन्तवादी पनि हुन्, निरंकुशतावादी पनि हुन् । कतिपय अवस्थामा त उनलाई ठूलो कारवाही गरे पनि हुने हो नि । सबभन्दा बढी कारवाही गर्नुपर्ने मान्छे त उनै हुन् समेत भनेका उनले गणतन्त्र र परिवर्तनलाई स्वीकार्छन् भने ज्ञानेन्द्रलाई लखेटिराख्न आवश्यक नरहेको बताएका छन् ।
यसअघि भने पूर्वराजा ज्ञानेन्द्र धार्मिक भ्रमणमा समेत बाहिरी जिल्ला निस्कदा उनकै कार्यकर्ताले अवरोध गर्दै आएकोमा प्रचण्डको पछिल्लो भनाईले भने एमाओवादी राजासँगै मिलेर अघि बढ्न चाहेको संकेत गरेको छ ।
तर, उनकै विरुद्ध लडेर रगत बगाएर, शरीर अंगभंग बनाएर पनि न्याय नपाई बसेका उनका समर्थक तथा कार्यकर्ता भने झनै निराश बन्ने र सर्वसाधरणमा राजनीतिप्रति वितृष्णा बढेर जाने देखिन्छ ।
Powered by Blogger.
प्रचण्डले भन्न थाले- 'राजा राष्ट्रपति बन्न सक्छन्'
प्रकाशित मिति:
May 10, 2013