जेठ ७ । सहिद कृष्ण सेन ‘इच्छुकको’ स्मृतिमा निर्मित नाटक ‘उनी मरेका छैनन्’को कालिकास्थानस्थित सर्वनाम नाटकघरमा आजदेखि प्रदर्शन सुरु भएको छ ।
इच्छुक सप्ताहको अवसर पारेर अखिल नेपाल लेखक सङ्घको आयोजनामा सुरु गरिएको नाटकको लेखन खेम थपलियाले गरेका छन् भने निर्देशन विजय विष्फोटले गरेका छन् ।
पत्रकार सेनलाई २०५९ जेठ ६ गते काठमाडौँको बानेश्वरमा सुरक्षाकर्मीले पक्राउ गरेदेखि, पक्राउपछि यातनाको क्रममा जेठ १३ गते हत्या हुँदासम्मका घटनाको सिलसिला नाटकमा प्रस्तुत गरिएको छ ।
करिव सवा घण्टा लामो नाटक हेरेपछि माओवादी अध्यक्ष मोहन वैद्यले नाटकमा ईच्छुकको त्याग, तपस्या र बलिदानलाई मुखरित गरिएको आफूले पाएको दर्शक पुस्तिकामा उल्लेख गरेका छन् ।
इच्छुक पत्नी तक्मा केसीले नाटकमा इच्छुकको जीवनगाथा सजिव ढङ्गले प्रस्तुत गरिएको टिप्पणी पुस्तिकामा लेखेकी छिन् ।
मंगलबारदेखि जेठ १२ गतेसम्म हरेक दिन दिउँसो १ बजे, ३ बजे र साँझ ५ बजे सो नाटक मञ्चन गरिने आयोजकले जानकारी दिएका छन् ।
Powered by Blogger.
‘उनी मरेका छैनन्’
प्रकाशित मिति:
May 21, 2013