बरु मृत्यु सहे ! तर, दक्षिणतिर झुकेनन् मदन भण्डारी !!
बैशाख ३ । आजैका दिन अर्थात २०५० साल जेठ ३ गते ‘जीप दुर्घटना’ मा भण्डारीको असमायिक निधन भयो । त्यसबाट देश र जनताले एउटा राष्टवादी स्वच्छ र कम्युनिष्ट नेता मात्रै गुमाएन, सारा सम्पत्ति गुमाए बराबर भयो, त्यही भएर त आज पनि उनी मरेर गएपनि उनका गुनगान गाउन छाडिएको छैन । र नेता भएपछि मदन भण्डारी जस्तो हुनुपर्छ भनेर भन्न छाडिएको छैन ।
तत्कालिन नेकपा एमालेको महासचिव रहेका मदन भण्डारी ‘सिद्धान्तका लागी जीवन होइन, जीवनका लागि सिद्धान्त’ भन्ने दृष्टीकोण पेश गर्ने गर्दथे । उनलाई देशले अहिले पनि देशका लागि नझुक्ने बरु मर्न तयार हुने दुरदर्शी र क्रान्तिकारी नेताका रुपमा चिन्ने गर्दछ । र उनी देशकै निम्ति मरे पनि । उनको जिप दुर्घटनालाई राष्टवादीको एउटा उपनाम पनि दिने गरिन्छ । यतिसम्म कि उनी देशका लागि दक्षिणतिर कहिल्यै झुकेनन् त्यसैले षड्यन्त्र रचेर उनको निधन गराइएको हो ।
तर, उनी आज भौतिक रुपमा नभए पनि धेरैको मन जनमा ज्यूँदा छन् । त्यही भएर पनि उनका भाषण विक्री हुन्छन, उनलाई सुन्न जन लालायीत हुन्छन् । नेपालमा सबैभन्दा बढी उनका भाषणहरु नै मानिसले किनेर पढेका छन् ।
उनका बारेमा नेपालगन्जडाईरी ब्लगमा लेखिएको सामग्री हामीले तपाईसमक्ष प्रस्तुत गरेका छौँ :
मदन भण्डारी जो संग नेपाली समाजलाई युगान्तकारी परिवर्तन गर्ने क्षमता थियो । मदन भण्डारी जो संग संसारका साम्राज्यवादीहरु थर्कमान थिए । संसारबाट कम्युनिष्ट सकिदै छन् भनेर हौवा फैलिरहेको वेला नेपालमा कार्ल माक्र्स जिउँदा छन् भन्थे ।
मदन भण्डारी र उनका विचारहरु कालजयी छन् कसैलाई शंका छैन । मदन परिवर्तनकारी थिए त्यसैले सम्झिनु पर्यो । यो कुनै तर्क हैन । मदन एमालेका महासचिव थिए, त्यसैले सम्झिनु पर्यो । यसमा कुनै दम छैन । मदनले जसरी उत्पीडित र श्रमजीवी वर्गको उत्थानका लागि सिद्धान्तलाई सरलीकृत गरे सायदै कसैले गरेका थिए ।
परिवर्तनलाई शास्वत मान्नेहरु विचारमा जडतालाई स्विकार्दैनन् । माक्र्सवाद कुनै धर्मग्रन्थ हैन जसका अक्षर र कमाहरु पनि परिवर्तन गर्नुहुदैन भन्ने कम्युनिष्ट जडतालाई मदनले हाँक दिए । र जनताको वहुदलिय जनवादको विकास गरे ।
मदन भण्डारी र उनका विचारहरु कालजयी छन् कसैलाई शंका छैन । मदन परिवर्तनकारी थिए त्यसैले सम्झिनु पर्यो । यो कुनै तर्क हैन । मदन एमालेका महासचिव थिए, त्यसैले सम्झिनु पर्यो । यसमा कुनै दम छैन । मदनले जसरी उत्पीडित र श्रमजीवी वर्गको उत्थानका लागि सिद्धान्तलाई सरलीकृत गरे सायदै कसैले गरेका थिए ।
परिवर्तनलाई शास्वत मान्नेहरु विचारमा जडतालाई स्विकार्दैनन् । माक्र्सवाद कुनै धर्मग्रन्थ हैन जसका अक्षर र कमाहरु पनि परिवर्तन गर्नुहुदैन भन्ने कम्युनिष्ट जडतालाई मदनले हाँक दिए । र जनताको वहुदलिय जनवादको विकास गरे ।
मदनको हत्या गरिएका आज २ दशक भएको छ । मदनले देखेका गणतान्त्रिक नेपालको स्थापना भएको छ ०६२/०६३ को शान्तीपुर्ण जनआन्दोलनबाट ।
उत्पीडित र श्रमजीवी वर्गको उन्नती र न्यायपुर्ण शक्तिसम्वन्धको वकालत गर्ने मदनका विचारहरुबाट हामीले संक्षेपमा निम्न कुराहरुहरु सिक्न सक्छौं ।
क) जीवनका लागि सिद्धान्त : सिद्धान्त भनेको मन्त्र हैन, न त सिद्धान्त कुनै पुराण नै । मानविय आवश्यकताका आधारमा सिद्धान्त वन्नुपर्छ । श्रमजीवी र उत्पीडित जनताका भावनाहरुसंग मिल्नुपर्छ । सिद्धान्तले मानिसको जीवनलाई समृद्ध वनाउन सक्नुपर्छ । मदनले जोड दिएर भनेको कुरा के हो भने सिद्धान्तका लागि मानिसको वलिदन हैन, मानिसको मन जित्न सक्नुपर्छ । सिद्धान्तका पछि दौडिनु भन्दा अगाढि त्यो सिद्धान्त जीवनसंग जोडिनु पर्छ । सिद्धान्तका लागि जीवन हैन भन्ने मदनको स्पष्टता नै हामीले सिक्नुपर्ने महत्वपुर्ण पक्ष हो ।
ख) जडताको विरोध : मदनले जडताको विरोध गरे । उग्रपन्थको आवरणले अन्तत गरिब, पछाडि पारिएका समुदायको न्याय र समतामुलक विकासमा अवरोध गर्छ । मदनको यो तर्कमा दम थियो, छ र रहनेछ । परिवर्तनको हेक्कालाई राम्ररी विश्लेषण गर्न नसक्ने तथा कमजोर तथा उग्र विचारको धरातलमा भएका कथित क्रान्तीकारी परिवर्तनका हिमायतीहरु कति छिटो विचलित हुँदारहेछन् वा प्रभावित हुँदारहेछन् भनेर धेरै घोत्लिनु जरुरी छैन । क्रान्ती वन्दुकको नालबाट हुन्छ भन्दै जंगल पसेका माओवादीहरुको दिग्भ्रमीत व्यवहार हेर्दा नै काफी हुन्छ ।
ग) सिर्जनात्मक प्रयोगमा जोड : मदनले माक्र्सवादसंग नेपाली सन्दर्भलाई जोडे । मदनले माक्र्सवादी दृष्टिकोणमा नेपाली समाजको धरातलीय विश्लेषणलाई जोडे । त्यसैले मदनले ०४६ को जनआन्दोलनमा सक्रियतापुर्वक भाग लिए । काँग्रेससंग मिलेर जनआन्दोलनको नेतृत्व गरे । ०४८ को निर्वाचनमा भाग लिए । र जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गरे । मदनले निर्वाचनमा भाग लिइरहँदा हाम्रा प्रचण्डहरु कोठामा वसेर निर्वाचन वहिष्कारको नारा लगाउदै थिए । कम्युनिष्ट पार्टिका नेताहरु खापीका देवता होइनन् भन्दै पार्टि खुला गर्दा जनता भन्दा माथी हुने सामन्ती चरित्रकाहरु कम्युनिष्टका नाममा भुमिगत भैरहेका थिए । मदनले माक्र्सवादको अक्षरलाई महत्व दिएनन् । मदनले माक्र्सवादको भावनालाई आत्मसाथ गरे । सायद माक्र्सवादी विचारका प्रसिद्ध शिक्षाशास्त्री पाउलो फ्रेरेको शव्दमा माक्र्सवादलाई आफ्नो धरातलमा पुर्नर्सिर्जित गर्ने काम गरे मदनले । र त न्युजविक लेख्न वाध्य भयो; कार्ल माक्र्स इज लिभिंग इन नेपाल ।
घ) जनताको भावनाको सम्मान : मदनले निर्वाचनमा भाग मात्र लिएनन् । निर्वाचनलाई विश्वास गरे । कथित उग्रपन्थहरुले खसीको टाउको राखेर कुकुरको मासु वेच्ने स्थान हो संसद भनिरहदा मदनले दृढतापुर्वक विरोध गरे । राष्टियताको मुद्दामा टनकपुर सन्धिका वारेमा मदनको अडानको अगाढि तत्कालिन सरकार झुक्न वाध्य भयो । सबैभन्दा महत्वपुर्ण कुरा मदनले जनताको मतको सम्मान गर्ने आवधिक निर्वाचनको वकालत गरेका थिए । केहि कथित कम्युनिष्टहरु जनवादी क्रान्तीको वकालत गर्छन् । तर आवधिक मतदानको विरोध गर्छन् । जनताको अभिमतसंग डराउनेहरु क्रान्तिकारीका कसरी असली प्रतिनिधि हुनसक्छन् ? वन्दुकको नालबाट सत्ता हातमा आउँछ भनेर हत्या हिंसामा उत्रने माओवादीको उग्रताको पोल मदनले आजभन्दा २० वर्ष अगाढि नै देखिसकेका थिए । जनताको विचारको अभिमतको सम्मान गर्ने कुरा यस मानेमा महत्वपुर्ण छ किनकी हामीले देखेको जनवादमा पार्टीको सर्वोच्चता हैन जनताको सर्वोच्चताको महत्व छ । मदनको यो विचारसंग सायदै असहमत हुन सकिएला । किनकि पार्टिहरु भनेका केवल साधन मात्र हुन्, साध्य होईनन् ।
ङ) परिवर्तनप्रतिको स्पष्ट वुझाई : मदनको भनाईमा परिवर्तन एकैचोटि भ्यागुत्तो जस्तो उफ्रेर आउदैन । उग्रतामा विश्वास गर्नेहरु परिवर्तनका लागि एकैचोटि छलाङमा विश्वास गर्छन् । मदनले प्रश्न गरे- के निर्माणका लागि पुर्ण ध्वंश आवश्यक छ ? रुपान्तरण एकै रातमा हुने कुरा हैन । मात्रात्मक परिवर्तनबाट मात्र गुणात्मक परिवर्तन सम्भव छ । परिवर्तनलाई एकैचोटि र एकैरातमा सम्पन्न हुनसक्छ भन्ने विचारको मदनले कडा रुपमा प्रतिवाद गरे । परिवर्तन प्रक्रियासंगसंगै आउनुपर्छ । ध्वंशमा विश्वास गर्नेहरुसंग आज प्रश्न गर्न मन लागेको छ - के शसस्त्र द्धन्द्धका बेला भत्काइएका संरचनाहरुको निर्माण आज एकाएक भएको छ । माक्र्सवाद जनताको भावनामा विश्वास गर्छ । माक्र्सवाद कहिल्यै पनि सबै ध्वंश गरेर निर्माण हुन्छ भन्ने कुरामा विश्वास गर्दैन । यदि यस्तो हुदो हो भने कसरी माक्र्सवादलाई हामीले विज्ञान मान्ने ? यहि कुरामा मदनले जोड दिए । परिवर्तनलाई सेना, वन्दुक, वम र वारुदबाट मात्र प्राप्त हुने कुरा नै माक्र्सवाद हो भन्ने जडतावादी सोचलाई मदनले खुल्ला चुनौती दिए । र स्थापित गरे । जो आज पनि कालजयी रुपमा रहिरहेको छ ।
आज पनि मदनका विचारहरु कालजयी छन् । यो यसकारणले हैन कि मदन एमाले भए, यो यस कारणले पनि हैन कि मदन कम्युनिष्ट हुन् । वरु यसकारणले हो कि मदनले जनताको भावनाको प्रतिनिधित्व गरेका थिए । मदनले जनताको सर्वोच्चतामा विश्वास गरेका थिए । यसैले मदन जननेता भएका हुन् ।
सिर्जनात्मकतामा जोड दिने मदनको विचारमा पनि यथेष्ट विचार गर्नु जरुरी छ । यथेष्ट छलफल हुनु जरुरी छ । किनकी मदनको विचारलाई हुवहु हैन, त्यसको परिस्कृत, स्थानिय सन्दर्भलाई जोड्न जरुरी छ । मदनको विचार केवल कुनै पार्टिको सम्पत्ती हैन । मदनको विचार आम श्रमजीवी तथा गरिखाने वर्गको परिवर्तनसंग सम्वन्धित छ । यस अर्थमा मदनलाई सम्झिनु पार्टि कार्यकर्ता हुनु जरुरी छैन । एमाले हुनु जरुरी छैन । हरेक मानिसहरु जो श्रमलाई सम्मान गर्छन्, परिवर्तनलाई आत्मसाथ गर्छन, माक्र्सवादका सन्दर्भलाई विश्वास गर्छन्, सबैले सधैं मदनलाई सम्झिनु आवश्यक छ । कोठामा एक मिनेट मौनधारण हैन, मदनको विचारको एक समुदायमा प्रचार गर्नु, मदनको विचारलाई एकाकार गराउनु नै सच्चा श्रद्धाञ्जली हुनेछ मदन कुमार भण्डारीप्रति ।
२०४७ साल चैत ५ गते राजधानीको चाबहिलमा भएको जनसभामा भण्डारीले गरेको सम्बोधनको अडियो
प्रकाशित मिति:
May 17, 2013