नेपाल वायुसेवा निगमको जहाज जोमसोममा दुर्घटना
दुर्घटनामा चालक दलसहित केही यात्रु घाइते भएका छन् । जसमध्ये ४ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेहरुलाई स्थानीय अस्पताल पुर्याइएको छ ।
चालक दलसहित २१ जना सवार पोखराबाट मुस्ताङका लागि उडेको नेपाल एयरलाइन्सको ९ एन ए वि ओ विमान दुर्घटना भए पनि कुनै पनि मानविय क्षति भने भएको छैन ।
उक्त विमानमा चालक दलका ३ जना सहित २१ जना रहेको र त्यसमा पनि ८ जना जापनीज नागरिक भएको बताइएको छ ।
उक्त जहाज रनवेमा ल्याण्ड नगरी बाहिर ल्याण्ड भएको र अनियन्त्रित भई कालीगण्डकीको किनारमा खसेको बताइएको छ । ल्यान्ड गर्ने समयमा बढी हावाहुरी चलेकाले जहाज दुर्घट्ना भएको हुनसक्ने अनुमान गरिएको छ ।
दुर्घटनामा बिमानको पखेटा भाँचिएको जनाइएको छ । -सौजन्य फोटोः फाइल
प्रकाशित मिति:
May 17, 2013