बिमल गौतम, जेठ २ । मानवश्री विकास तथा जागरण मन्चलाई जर्मनीका नेपालीद्धारा सहयोग प्राप्त भएको छ ।
गैर आवासिय नेपाली संघ जर्मनी क्षेत्रिय समन्वय परिषद फ्रान्कफोर्टका संयोजक बिनोद सुबेदीले वालाजु १६ काठमाडौंमा कार्यालय रहेको 'मानवश्री विकास तथा जागरण मंच' लाई रु २०,००० नेपाली बिस हजार रुपैया सहयोग गरेका हुन् ।
२००७ मा स्थापना भएको यो संस्था आफ्नो स्थापना काल देखी स्वस्थ, शिक्षा, असाहय महिला र बेसहारा वालवालिकाको लागि काम गर्दै आईरहेको छ । अहिले यस सस्थाको अभियान अन्तरगत नेपालको ग्रामीण क्षेत्रमा धेरै जिल्लाहरुमा सेवा पुराउदै आईरहेको छ ।
पश्चिम नेपालको स्याङ्जा जिल्लाको ग्रामीण भागको साथै काभ्रे र दोलखामा गरि ११ वटा सरकारी विद्यालयमा सुरु गरिएको पुस्तकालय स्थापना, पुस्तकालय व्यवस्थापन सम्बन्धि आधारभूत तालिमको लागि यो २० हजार सहयोग गरेको जानकारी सुबेदीले दिए ।
आज सम्म यो सस्थाले काठमान्डू, ललितपुर, भक्तपुर, काभ्रे, दोलखा, स्यांजा आदि जिल्लाहरुमा आफ्नो अभियानको रुपमा काम गर्दै आइरहेको छ । यस संस्था संस्थाको बारेमा जानकारी तथा सहयोग गर्न ईच्छुक दाता तथा सहयोगीहरुले संस्थाको वेबसाइड www.hdaforg.com अबलोकन गर्न सकिने बताइएको छ ।
Powered by Blogger.
जागरण मन्चलाई जर्मनीका नेपालीद्धारा सहयोग
प्रकाशित मिति:
May 16, 2013