जेठ २ । निक्कै भरपर्दो यात्रा दिन सुरु गरेको भनेर चर्चा कमाईरहेको साझा यातायातले आफ्नो सेवा सुरु गरेको बैशाख महिनामा नै ६ लाख मुनाफा कमाउन सफल भएको छ ।
तर काठमाडौँ महानगरपालिकाद्धारा सञ्चालित रात्रिकालिन बस सेवा भने घाटामा गएर धान्न नसक्ने भन्दै अब १५ दिनमा बन्द हुने भएको छ ।
आजको नयाँ पत्रिका दैनिकले छापेको समाचार अनुसार बस सञ्चालनमा घाटा भएको र काठमाडौं महानगरपालिकाले थप अनुदान नदिएपछि सेवा बन्द गर्न लागिएको हो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र रात्रीबसका मालीकबीच बुधबार भएको बैठकले अब थप १५ दिन मात्र सेवा सञ्चालन गर्ने निर्णय गरेको छ ।
रात्रीकालिन बस सेवा सुरु भएपछि रात्रीकालिन समयमा जागिर गर्नेहरुलाई राहत मिलेको थियो । तर, अब बन्द हुने भएपछि उनीहरु निराश बन्ने भएका छन् । कतिपयले त घाटामा गएर भन्दा पनि महानगरपालिको गैरजिम्मेवारपनाले पनि सेवा बन्द हुने भयो भनेर गुनासो गर्ने गरेका छन् ।
२०६९ को भदौ १ गतेदेखि काठमाडौ उपत्यकामा १४ वटा रात्रीबस सञ्चालनमा छन् ।
यता, १२ वर्षपछि पुनः सञ्चालनमा आएर भरपर्दो तथा गुणस्तरीय यात्रा सुविधा दिएको भन्दै नाम कमाउन सफल साझा यातायातले भने १ महिनामै साँढे ६ लाख नाफा कमाएको नागरिक दैनिकले समाचार छापेको छ । साझाले २०७० साल बैशाख १ गतेदेखि सेवा सुरु गरेको थियो ।
साझाले बैशाख महिनामा ३८ लाख २६ हजार १ सय ५६ रुपैयाँको टिकद विक्री गरेको र कर्मचारीहरुलाई तलबभत्ता इन्धन खर्च कटाएर ६ लाख ५६ हजार ७ सय ८ रुपैयाँ नाफा कमाएको जनाइएको छ ।
साझाले अहिले दुई रुट मध्ये पहिलो कलंकी, कालिकामाटी नयाँ बानेश्वर हुँदै एयरपोर्ट र अर्को रुट अन्तर्गत लगनखेल, जावलाखेल, त्रिपुरेश्वर, जमल, लैनचोर, टिचिंग, महाराजगञ्ज हुँदै नयाँ वसपार्क (गोंगबुसम्म) को रुटमा सेवा दिईरहेको छ ।
साझाले गुणस्तरीय सेवा दिएका कारण अन्य रुटमा पनि सेवा विस्तार गर्न सर्वसाधरणले माग गर्दै आएका छन् ।
Powered by Blogger.
साझाले कमायो बैशाखमा ६ लाख, रात्रिबस भने घाटाका कारण बन्द हुने
प्रकाशित मिति:
May 16, 2013