कोरिया जानका लागि भाषा परीक्षा अक्टुबरमा हुने
जेठ १७ । वैदेशिक रोजगारीको एउटा राम्रो देश मानिदै आएको दक्षिण कोरियामा कामदारका रुपमा जान यही अक्टुबरमा भाषा परीक्षा हुने भएको छ ।
दक्षिण कोरीयाले रोजगार अनुमती प्रणाली (ईपीएस) मार्फत यस वर्ष ८ हजार २ सय नेपालीलाई लैजाने तयारी भएको छ ।
कोरीया मानव संसाधन विकास एचआरडी ईपियस सेन्टर नेपालका निर्देशक लि दोङ सीर्कले पत्रकार भेटघाट कार्यक्रममा यस वर्षको कोरीया भाषा परिक्षा अक्टुबरमा गर्ने तयारी भइरहेको जानकारी दिएका हुन् ।
मे २१ तारिखमै भाषा परीक्षा गराउने गरी मिति तोक्ने तयारी रहेको जानकारी दिँदै उनले नेपालको श्रम तथा रोजगार मन्त्रालय र वैदेशिक रोजगार विभागले धेरै कामदार कोरिया जाने योग्यसूची (रोस्टर) मा रहेकाले अहिले नगर्न आग्रह गरेपछि केही समय पछि भएको पनि उनले जानकारी दिए ।
प्रकाशित मिति:
May 31, 2013