जेठ १८ । द्वन्द्वकालमा उडान वन्द भएका सुदूरपश्चिमका आधा दर्जन बढी विमानास्थलहरु अझै सञ्चालनमा आउन सकेका छ्रैनन् ।
द्वन्द्व समाप्ति भएर शान्ति प्रक्रिया समेत टुङ्गोमा पुगिसक्दा समेत द्वन्द्वकालमा वन्द भएका सुदूरपश्चिमका विमानस्थलहरु सञ्चालन आउने अझै सम्म कुनै संकेत देखिएको छैन ।
तत्कालिन नागरिक तथा पर्यटन उड्यन मन्त्री लोकेन्द्र विष्ट मगरले १ वर्ष अगाडी विमानास्थल सुचारु गर्न निरीक्षण गरे पनि कुनै पहल हुन सकेको छैन । विष्टले विमानास्थल सञ्चालनको लागि अध्ययन गर्ने भन्दै हेलिकप्टरबाट सवै विमानास्थलको यात्रा गर्नु भएको थियो ।
तर, विमानास्थल सञ्चालनको प्रक्रिया भने अझै अगाडी वढ्न सकेको छैन् । सरकारी उदासिनतका कारणले करोडौंको लगानीमा निर्माण भएका हवाई मैदानका संरचना काम नलाग्ने अवस्थामा पुगेका छन । कैलालीको गेटा विमानस्थलमा नियमित हवाई उडान भईरहेको भएपनि सुदूरपश्चिमका अन्य हवाई मैदान भने वन्द अवस्थामा रहेका छन् ।
यसैबीच कैलालीको टिकापुरमा रहेको टिकापुर बिमानस्थल संचालनमा आएको छ । २८ बर्ष पछि पहिलोपटक शुक्रबार बिमानस्थलमा बिमान अबतरण गरिएको छ ।
शुक्रबार बिहान साढे १० बजे तारा एअरको बिमान अबतरण गरिएपछि बिमानमा रहेका चालक र यात्रुहरुलाई भब्य स्वागत समेत गरिएको छ । बिंस. २०४२ सालमा तत्कालीन पञ्चायती सरकारले एकाएक बिमानस्थलमा बिमान अबतरणमा रोक लगाएपछी बिमानस्थल बन्द भएको थियो ।
बिमानस्थल संचालनका लागि स्थानीयबासीहरुको चर्को दबाद दिएपछि शुक्रबार बाट बिमान स्थल संचालनमा आएको हो । एक बर्ष पहिले टिकापुर बिमानस्थल संघर्ष समितीको पहलमा सो क्षेत्रमा बस्दै आएका सुकुम्बासीहरुलाई अन्यत्रै स्थानन्तरण गरीएको थियो । टिकापुरमा बन्द रहेको हवाई सेवा सुचारु भएपछि टिकापुरबासीमा खुसियाली छाएको छ ।
नेपालगञ्जबाट केही पर्यटन ब्यबसायि, पर्यटक र तारा एअरलाईन्सका प्राबिधीक तथा चालक दलका सदस्य सहित १८ जनाको टोली सहित उडान भरेको बिमान टिकापुर बिमान स्थलमा बिहान अवतरण गरिएको गोमा एअरका नेपालगञ्ज ब्युरो प्रमुख राजेश सिंहले जानकारी दिए । टिकापुरमा नियमित रुपमा हवाई सेवा सञ्चालनमा आउन सके सुदुरपश्चिममा पर्यटन बिकासले फड्को मार्ने पर्यटन ब्यबसायीहरुको बिश्वास रहेको छ ।
Powered by Blogger.
टिकापुर विमानस्थलमा २८ वर्ष पछि विमान बस्यो
प्रकाशित मिति:
June 01, 2013