निर्वाचन क्षेत्र निर्धारण आयोगका अध्यक्ष अन्सारीले सपथ लिए
असार ११। निर्वाचन क्षेत्र निर्धारण आयोग गठन भएको १२ दिन पछि आयोगका पदाधिकारीहरुले आज सपथ ग्रहण गरेका छन् ।
सर्वाच्च अदालतका कामु प्रधानन्याधीश दामोदरप्रसाद शर्माले निर्वाचन क्षेत्र निर्धारण आयोगका अध्यक्ष ताहिरअली अन्सारीलाई आज पद तथा गोपनीयताको शपथ गराएका छन ।
आँफुले सपथ ग्रहण गरेपछि अन्सारीले आयोगका सदस्यमा मधुनीधि तिवारी, नेत्र धिताल र डम्बर चेम्जोङ प्रधानमन्त्री कार्यालयका सचिवमा राजुमान सिंहलाई आयोगको सदस्यसचिव तोकिएको छ ।
सपथ ग्रहण गरेपछि आयोगले आजैबाट काम सुरु गर्ने निर्वाचन क्षेत्र निर्धारण आयोग जानाएको छ ।
प्रकाशित मिति:
June 25, 2013