फोरम लोकतान्त्रिक नेतामाथि दिउँसै गोली प्रहार
जेठ ३१ । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का सिरहा जिल्ला सदस्य शिवराम यादवमाथि आज अपरिचित व्यक्तिले गोली प्रहार गरेका छन् ।
गोली लागेर मझौलिया गाविस–३ घर भएका नेता यादव घाइते भएका र उपचारका लागि जिल्ला अस्पताल सिरहा सदरमुकाम ल्याइएको सिरहाका प्रहरी उपरीक्षक मनोज न्यौपानेले जानकारी दिए । मिर्चैया बजारबाट आज दिउँसो करिब ३ बजे घर जाँदै गर्दा राघोपुर–९ मा नेता यादवमाथि गोली प्रहार भएको हो ।
प्रहरीका अनुसार नेता यादवको दाहिने खुट्टामा गोली लागेको छ । राप्रपा नेपालका पूर्व गाविस उपाध्यक्ष रहेका यादव पछिल्लो समय फोरम लोकतान्त्रिकमा प्रवेश गरेका थिए ।
प्रकाशित मिति:
June 14, 2013