'अष्ट ज'द्धारा नयाँ कार्यालयको उद्घाटन, कृषि विज्ञ तथा उत्पादकहरु सम्मानित
जेठ १८ । “कृषि व्यवसायिकरणका लागि राष्ट्रिय जागरण–समृद्ध नेपालका लागि स्वाधिन अभियान” भन्ने नारा सहित कृषि जागरण अभियानमा जुटेको अष्ट ज अभियान नेपालले शनिबार विभिन्न क्षेत्रका कृषि बिज्ञ तथा उत्पादकहरुलाई सम्मान गर्दै अभियान र सहकारीको नयाँ कार्यालय औपचारीक रुपमा उद्घाटन गरेको छ ।
![]() |
अष्ट ज अभियानका महासचिव निलकण्ठ तिवारी |
धादिङको आदमघाटका सन्तोस भण्डारी, भक्तपुरका बङ्गुर ब्यवसायि चन्द्र सेखर सापकोटा, च्याउ विज्ञ तथा बागवानीमा पहिलो पीएचडी ललितपूरकी डा. केशरी लक्ष्मि मानन्धर , ललितपूरका गाईपालक लोकबहादुर मगर, सोलुखुम्बुका अर्गानीक कृषि ब्यवसायी आन्तीम्मबे शेर्पा, बाग्मती बाख्रा पालन उद्योग, धादिङका नवराज आचार्य, इन्द्रायणीका गाई पालक कृष्ण थापा, नेपाल विद्यार्थी संघकी नेतृ तथा कुखुरा र बाख्रा पालक प्रतिमा गौतम, विदेशबाट फर्केर सिन्धुपाल्चोकको हैबुङमा नमुना अर्गानिक कृषि फर्म सञ्चालन गरेका पेम्बा सेर्पा, ललितपूर गोदावरीका बङ्गुरपालक तथा माछा र फूल ब्यवसायि भाईराम श्रेष्ठ, ललितपूरकै झरुवारासीका कुखुरा पालक पम्फा सुनुवार, ललितपूरको टोखेलमा पुष्पखेती गर्ने दर्सुराम सुनवार, सुन्दरीजलस्थित जि सेवेन एग्रिकल्चर प्रा.लि.का अध्यक्ष धुर्व खनाल, इजरायलबाट फर्केर कृषि उत्पादनमा लागेका रबिन्द्रमणि गिरी, अर्जुन प्रसाद लुईटेल र छविलाल के.शी, इन्द्रायणी काठमाडौमा मौसमी तथा बेमौसमी तरकारी खेती गर्ने सानु श्रेष्ठ र कृष्ण खड्का, थानकोटका माछापालक धन थापा, कृषक मासिकका सम्पादक कमला भट्टराई, तथा प्रवासमा रहेर पनि नेपालको उत्पादन क्षेत्रमा योगदान पुर्याउने बालकृष्ण पाण्ड(भारत) र घनश्याम गौडेल(जापान) लागायतलाई खादा ओढाई अभियानका अध्यक्ष लोककृष्ण भट्टराईले सम्मान गरे ।
करिब ४१ जिल्लामा अभियानको सम्पर्क तथा २२ जिल्लामा समितिहरु गठन एवं करिब १०० इलाका तथा गाविसस्तरीय समिति गठन गरी अष्ट ज अभियानले देशका ७५ वटै जिल्लामा कृषि ब्यावसायिकरणको राष्ट्रिय जागरण विस्तार गर्ने लक्ष्यका साथ अगाडी बढेको महासचिव निलकण्ठ तिवारीको भनाई छ ।
एउटा सामान्य उत्पादकको उत्पादनले ब्यापार घाटा कम गर्न पुर्याउने योगदान तथा देशको अर्थतन्त्रमा पुर्याउने टेवालाई ध्यान दिँदै अभियानले उत्पादकहरुको मनोबल बढाउने र उत्प्रेरणा थप्ने काम गर्दै आएको छ ।
कार्यक्रममा कृषकमूखी संस्कृति र उत्पादनमूखी रणनीतिमा आधारित नीति निर्माणका लागि दबाब दिदै आएको अभियानले नेपाल बाहेक भारत र ओमनमा सम्पर्क शाखा विस्तार गरिसकेको जानकारी महासचिव निलकण्ठ तिवारीले दिए ।
कार्यक्रममा अभियानका सचिव डा. विष्णु चापागाई, चन्दा थापा, कोषाध्यक्ष यूवराज भण्डारी लगायतका अभियन्ता एवं सम्मानित ब्यक्तित्वहरुले मन्तब्य दिएका थिए । सोही अवसरमा अभियानका केन्द्रिय अध्यक्ष लोककृष्ण भट्टराईले अष्ट ज सहकारीको नयाँ कार्यालयको सुभारम्भ गरेका थिए ।
कार्यक्रममा बरिष्ठ पशु अधिकृत, कृषि विज्ञहरु, विभिन्न जिल्लाका कृषकहरु तथा समाजसेवीहरुको उपस्थिती रहेको थियो ।
प्रकाशित मिति:
June 01, 2013