घरमाथिको भल छेक्ने विषयमा विवाद हुँदा कुटोले हानेर भाइ बुहारीको हत्या
असार १ । रुकुमको नुवाकोट गाविसका एक जनाले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको घटना सेलाउन नपाउँदै सो गाविससँगै जोडिएको पेउघा गाविसमा पनि उस्तै प्रकृतिको घटना भएको छ ।
सामान्य विवाद भएपछि पेउघा– २ का ४५ वर्षीय तेजबहादुर खड्का आफ्नै सहोदर भाइबुहारी ३५ वर्षीया मनकुमारी खड्काको हत्या गरी फरार भएका छन् ।
फरार अभियुक्तको व्यापक खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ओमबहादुर कँवरले जानकारी दिए ।
गत सोमबार राति मात्रै पेउघाकै छिमेकी गाविस नुवाकोटका एक जनाले खुकुरी प्रहार गरेर श्रीमतीको हत्या गर्नुका साथै दुई छोरा र एक छोरीलाई समेत काटेर गम्भीर घाइते बनाई आफूले पनि आत्महत्या गरेका थिए ।
प्रकाशित मिति:
June 15, 2013