आर्मीलाई हराउँदै उपाधीसहितको १० लाख मनाङको कब्जामा
असार १ । गोर्खा कप फुटबल प्रतियोगिता अन्तर्गत नेपाल आर्मीलाई हराउँदै मनाङ मंस्र्यादीले उपाधी कब्जा गर्न सफल भएको छ ।
आर्मीलाई ४-१ गोलले अन्तरले हराउँदै मनाङले पहिलो पटक उपाधी रक्षा गरेको हो । उपाधी कब्जासँगै उपाधी विजेता टोलीले १० लाख पाएको छ भने दोस्रो टोलिले ५ लाख पाएको छ ।
मनाङको जितका लागि सुलभ मास्केले ह्याट्रिक गर्न सफल भएका थिए ।
उनले खेलको ९ औ मिनेटमा पहिलो गोल गरेका सुलभले दोस्रो हाफमा थप दुई गोल गरेर ह्याट्रिक पुरा गरे । मनाङका लागि १७ मिनेटमा अनिल गुरुङले थप गोल गरेका थिए ।
आर्मीका लागि एक मात्र गोल काशिराज कार्कीले गरे । जीत सँगै मनाङले समूह चरणमा आर्मी सँग भोगेको हारको बदला लिएको छ ।
यसअघि भने आर्मीले मनाङलाई १-० ले हराएको थियो ।
प्रकाशित मिति:
June 15, 2013