पहिरोले एकै परिवारका तीनजनालाई बगायो

साबी खोलामा नयाँ बाटो निर्माणका क्रममा आज बिहान पहिरो जाँदा सो घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान ७ः३० बजे भएको सो घटनामा दुई महिला र एकजना पुरुषलाई पहिरोले बगाएको हो ।
यसैबीच, करिब १०:४५ बजे बालुवामा पुरिएका पुरुषको लास प्राप्त भए पनि अहिलेसम्म उनको पहिचान हुन सकेको छैन । खोलाले बगाएकाहरूमा श्रीमान्, श्रीमती र नातिनी हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।
प्रकाशित मिति:
June 06, 2013