गैरकानुनी रुपमा सञ्चालित निजी विद्यालय छानबिनमा
जेठ २३ । उदयपुर जिल्लामा गैरकानुनी रुपमा सञ्चालित निजी विद्यालयहरुलाई कानुनी दायरामा ल्याउन जिल्ला शिक्षा कार्यालय उदयपुरले अनुगमन सुरु गरेको छ।अनुगमन समितिमा निजी विद्यालयहरुको सङ्गठन प्याब्सन तथा एन प्याब्सनसहितको प्रतिनिधिलाई सहभागी गराई छानविन समितिले अध्ययन प्रतिवेदन दिएपछि त्यसको आधारमा गैरकानुनी रुपमा सञ्चालित निजी विद्यालयहरुमाथि कारबाही गरिने भएको छ ।
गैरकानुनी रुपमा सञ्चालित निजी विद्यालयहरुले कुन तहका कक्षा सञ्चालन गरेका छन्, राजस्व तिरेका छैनन् भन्ने सुचनाको आधारमा छानबिन सुरु गरिएको हो ।
गैरकानुनी रुपमा सञ्चालित निजी विद्यालयहरुले कुन तहका कक्षा सञ्चालन गरेका छन्, राजस्व तिरेका छैनन् भन्ने सुचनाको आधारमा छानबिन सुरु गरिएको हो ।
प्रकाशित मिति:
June 06, 2013