वर्षापछिको बाढीका कारण दार्चुला सदरमुकाम खतरामा
असार ३ । लगातर वर्षा पछि महाकाली नदीमा आएको बाढीका कारण दार्चुला जिल्लाको सदरमुकाम खतरामा परेको छ ।
बाढीले सदुरमुकाम खलंगास्थित धाप बजारमा रहेको रिङलाल बस्ती बगाएको छ भने एक जना महिला बेपत्ता भएकी छन् ।
यस्तै, बाढीका कारण जिल्ला अस्पताल, जिल्ला वन कार्यालय, भुसंरक्षण कार्यालय, जिल्ला प्रहरी कार्यालय डुबानको खतरामा परेको छ ।
बाढीले अन्य केही घर र केही सरकारी कार्यालय समेत बगाएको बताइएको छ ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि अधिकारीले सदरमुकामलाई बचाउन भारतीय पक्षसँग बाँध खोल्ने विषयमा प्रक्रिया सुरु गर्ने तयारी भईरहेको बताएका छन् । उनले उच्चस्तरीय तहबाट नै बाँध खोल्न पहल गर्नुपर्नेमा जोड समेत दिएका छन् ।

प्रकाशित मिति:
June 17, 2013