इतिहासकै महंगो बन्यो डलर, सुन भने दुई वर्ष यताकै सस्तोमा

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि अमेरिकी डलरको मूल्य ९५ रुपैयाँ ९९ पैसा तोकेको छ । हिजो भने ९४ रुपैयाँ २५ पैसा तोकेकोमा ९६ रुपैयाँभन्दा बढीमा कारोबार भएको बताइएको छ ।
यसैगरी, उतारचढावमा रहेको सुनको मुल्य दुई वर्षयताकै सस्तो बन्न पुगेको छ । तर, सुन व्यापारी पसल बन्द गरेर एक सातादेखि आन्दोलनमा रहेकाले व्यापार भने भएको छैन ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ३.४ प्रतिशत सस्तो भई प्रतिऔस एक हजार तीन सय डलर कायम भएको र यो मुल्य दुई वर्षयताकै सबैभन्दा सस्तो भएको हो ।
प्रकाशित मिति:
June 21, 2013