आयोगद्धारा निर्वाचन आचार संहिता जारी, कार्यन्वयनमा हुनेमा शंका
साउन ७ । संविधानसभाको चुनावका लागि आजदेखि निर्वाचन आचार संहिता लागु गरिएको छ ।
निर्वाचनको समय मिति आउन १२० दिन मात्र बाँकि रहेकोले आजबाट लागु हुने गरी आचार संहिता ल्याएको निर्वाचन आयोग जनाएको छ ।
आयोगद्धारा जारी १०४ बुँदे आचारसंहितामा राजनीतिक दल, उम्मेदवारले गर्न पाउने खर्च, प्रयोग गर्ने भाषा, प्रचार प्रसार सामग्री सबै समेटिएको छ ।
आचारसंहितामा निर्वाचन प्रचार–प्रसार गर्दा राजनीतिक दल, उम्मेदवार, राजनीतिक दल तथा उम्मेदवारसँग सम्बन्धित व्यक्तिले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, मानवअधिकार र स्वतन्त्र न्यायपालिकाको अवधारण जस्ता विषयमा प्रतिकूल हुने गरी निर्वाचन प्रचार–प्रसार गर्न वा गराउनु प्रतिवन्ध लगाइएको छ ।
आचारसंहिता लागू भएपछि नेपाल सरकार, सरकारी स्वामित्व वा नियन्त्रणमा रहेका संस्था, निकाय वा स्थानीय निकाय र कुनै परियोजनाको साधन, श्रोत र सम्पत्ति प्रयोग गर्न नहुने तथा मतदातालाई प्रभाव पार्ने उद्देश्यले नगद, जिन्सी र अन्य कुनै पनि सामग्री वितरण गर्न वा भोज भतेरको आयोजना गर्न पाइने छैन ।
आचारसंहिताले सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, जुम्ला, मुगु, कालिकोट, बझाङ, बाजुरा र जाजरकोट जिल्लाबाहेक अन्य जिल्लामा हवाइजहाज तथा हेलिकप्टरजस्ता सवारी साधन चार्टर गरी निर्वाचन प्रचार–प्रसार गर्न पनि नपाइने बताइएको छ ।
निर्वाचनको अवधिमा आमसञ्चार माध्यमलाई पनि आचार संहिता लागु हुनेछ ।
सूचना वा समाचारको सङकलन तथा सम्प्रेशण रोक्न, दबाउन वा लुकाउन नहुने, कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्षमा समाचार सम्पादकीय लेख्न नपाइने जनाइएको छ ।
आचारसंहिताको पालना भए नभएको जाँचबुझ वा अनुगमन गर्न आयोगले आवश्यकताअनुसार अनुगमन टोली वा अन्य संयन्त्र गठन गरि कसैबाट आचारसंहिता पालना नभएको वा उल्लङघन गरेको देखिएमा त्यस्तो काम तुरुन्त रोक्न वा बदर गर्न निर्वाचन आयोगले सम्बन्धित राजनीतिक दल र उम्मेदवारलाई आदेश दिन सक्ने व्यवस्था गरिएको छ
निर्वाचनको समय मिति आउन १२० दिन मात्र बाँकि रहेकोले आजबाट लागु हुने गरी आचार संहिता ल्याएको निर्वाचन आयोग जनाएको छ ।
आयोगद्धारा जारी १०४ बुँदे आचारसंहितामा राजनीतिक दल, उम्मेदवारले गर्न पाउने खर्च, प्रयोग गर्ने भाषा, प्रचार प्रसार सामग्री सबै समेटिएको छ ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgUnfW3AhwkgfEBdZ1lLIkp2v2JaQ9JNaSppZVlZlyuWEuEwK_Tpa3_Pd5EDEqGMy5PxRP96NcrAVSVeGL8jRl1cg88-_A0_1Pq3T_9_sTpgtrKwl7Q6ZCq3DnEfFAYpEKPW4njspuy47Y/s1600/nir.jpg)
आचारसंहिता लागू भएपछि नेपाल सरकार, सरकारी स्वामित्व वा नियन्त्रणमा रहेका संस्था, निकाय वा स्थानीय निकाय र कुनै परियोजनाको साधन, श्रोत र सम्पत्ति प्रयोग गर्न नहुने तथा मतदातालाई प्रभाव पार्ने उद्देश्यले नगद, जिन्सी र अन्य कुनै पनि सामग्री वितरण गर्न वा भोज भतेरको आयोजना गर्न पाइने छैन ।
प्रत्यक्ष तर्फका उम्मेदवारले १० र समानुपातिका उम्मेदवारले ७५ हजार खर्च गर्न पाउने छन् । धार्मिक पुरातात्विक वा ऐतिहासिक भवन, स्मारक स्थल वा सरकारी वा सार्वजनिक भवन र शैक्षिक संस्थाको भित्ता वा पर्खाल तथा निजी घर कम्पाउण्ड, पसल, पर्खाल वा यस्तै अन्य स्थानमा स्वीकृति नलिई पर्चा टाँस्न नपाइने जनाइएको छ ।
आचारसंहिताले सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, जुम्ला, मुगु, कालिकोट, बझाङ, बाजुरा र जाजरकोट जिल्लाबाहेक अन्य जिल्लामा हवाइजहाज तथा हेलिकप्टरजस्ता सवारी साधन चार्टर गरी निर्वाचन प्रचार–प्रसार गर्न पनि नपाइने बताइएको छ ।
निर्वाचनको अवधिमा आमसञ्चार माध्यमलाई पनि आचार संहिता लागु हुनेछ ।
सूचना वा समाचारको सङकलन तथा सम्प्रेशण रोक्न, दबाउन वा लुकाउन नहुने, कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्षमा समाचार सम्पादकीय लेख्न नपाइने जनाइएको छ ।
आचारसंहिताको पालना भए नभएको जाँचबुझ वा अनुगमन गर्न आयोगले आवश्यकताअनुसार अनुगमन टोली वा अन्य संयन्त्र गठन गरि कसैबाट आचारसंहिता पालना नभएको वा उल्लङघन गरेको देखिएमा त्यस्तो काम तुरुन्त रोक्न वा बदर गर्न निर्वाचन आयोगले सम्बन्धित राजनीतिक दल र उम्मेदवारलाई आदेश दिन सक्ने व्यवस्था गरिएको छ
प्रकाशित मिति:
July 22, 2013