फोरमका जिल्ला नेतामाथी गोली प्रहार
साउन १० । मधेसी जनअधिकार फोरम नेपालका जिल्ला सदस्य प्रकास शाहमाथी गोली प्रहार भएको छ ।

भारतीय मोटर साइकलमा आएका दुई जना मध्ये एक जनाले जलेश्वरको खएराचोकस्थित कार्यालयमा गोली प्रहार गरी फरार बताइएको छ । साहको बायाँ पाखुरामा गोली लागेको छ । घाईते शाहको जनकपुर अञ्चल अस्पतालमा उपचार हुदै गरेको प्रहरीले जनाएको छ ।
गोली प्रहार गर्नेहरु गोली प्रहार गरी भारतीय सीमातर्फ भागेको घटनाको थप अनुसन्धान र अपराधीको खोजी कार्य तिब्र पारीएको प्रहरीले जनाएको छ ।

घटनाको जिम्वेवारी जनतान्त्रिक तराइ मुक्ति मोर्चा राजन समुहले घटनाको जिम्मेवारी लिएको छ ।
प्रकाशित मिति:
July 25, 2013