यानद्धारा नै ग्राहकको घरमा उडेर अर्डर बमोजिमको केक र बेकरी वितरण
चीनमा एउटा यस्तो यानको आविष्कार भएको छ, जुन उड्दै ग्राहकको घरमा पुग्छ र अर्डर बमोजिमको केक र बेकरी दिएर फर्कन्छ ।
त्यहाँको एउटा बेकरीले यस्तो विचित्रको यानको प्रयोग गरिरहेको छ । बेकरीले ग्राहकको सेवाका लागि यस्ता तीन ड्रोन यानको व्यवस्था गरेको छ । ड्रोन यानले बेकरीको प्रमुख शाखाबाट ग्राहकको अर्डर आकाशको बाटो प्रयोग गरी लैजान्छ ।
करिब साढे तीन फिट चौडाइ रहेको उक्त यानको वजन करिब १० किलो छ । यसलाई रिमोट कन्ट्रोलमार्फत नियन्त्रण गरिन्छ । यसमा राखिएको ट्विन क्यामेराले अर्डर दिने ग्राहक चिन्छ ।
तर, यस्तो ‘डेलिभरी’ सेवा सबै प्रकारका ग्राहकलाई भने उपलब्ध छैन । किनकि, सेवा उपलब्ध गराउने उच्च दर्जाको भिआइपी बेकरी हो । जहाँ एउटा केकको अनलाइन अर्डर गर्न ३० हजार रुपैयाँभन्दा बढी खर्च हुन्छ । त्यहाँ ब्रिटेनका टप क्लासका केक मास्टर्सले केक बनाउँछन् ।

प्रकाशित मिति:
July 29, 2013