साउन १४ । इटालीमा एक बस दुर्घटनामा ३८ जनाको घटनास्थलमा ज्यान गएको छ । एभेल्लिनो शहरनजिकै भएको दुर्घटना भएको थियो ।छुट्टीमा घुम्न गएका करिब ५० यात्रु बाकेको बस दुर्घटना भएको हो घाइते ९जनाको अवस्था अझ चिन्ताजनक रहेको बीबीसीले बताएको छ । दुर्घटनामा बस चालकको पनि ज्यान गएको छ । बस फ्लाइओभरबाट ३० मिटर तल खसेको जनाइएको छ ।
दुर्घटनाको कारण बारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।