बेचिएका चेलीहरुको उद्धार गर्ने संस्था शक्ति समूहलाई म्यागासेसे पुरस्कार
असार १०। सन् १९९६ मा भारतको वेश्यालयबाट उद्धार भएकी नेपाली चेली चरीमाया तामाङ त्यसयता १७ वर्ष निरन्तर बेचिएका चेलीको उद्धारमै रहेकी छिन । । वेश्यालयको नारकीय जीवनअघिका र उद्धारपछिका सबै खुसीलाई पनि माथ गर्दै बुधबारको उनको जीवनमा नयाँ आएको छ । उनी आबद्ध संस्था शक्ति समूहलाई सन् २०१३ को रामन म्यागासेसे पुरस्कार दिने निर्णयसहितको इमेल तामाङले प्राप्त गरेकी छन् ।
। एसियामा नोबेल पुरस्कारका रूपमा प्रतिष्ठित यो पुरस्कार पाउने भएपछि समूहले आफ्नो आधिकारिक वेबसाइटमा खुसी मात्र व्यक्त गरेको छैन, मानव बेचबिखनविरुद्धको अभियानमा जुटेका सबैप्रति आभारसमेत व्यक्त गरेको छ ।
यसअघि सन् २०११ मा पनि यो समूहमा आबद्ध तामाङले अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनको हातबाट ‘हिरो एक्टिङ टु एन्ड मोर्डन स्लेभरी अवार्ड’ पाएकी थिइन् ।

प्रकाशित मिति:
July 25, 2013