चीन आतंक रोक्न नेपालसँग औपचारिक रुपमा सहयोग माग
असार २१ । विश्व उदयमानको सुचिमा अघि बढीरहेको उत्तरी छिमेकी देश चीनले आफ्नो देशको आतंकवादी क्रियाकलाप रोक्न नेपालसँग औपचारिक रुपमा पत्र लेखेर सहयोग गर्न मागेको छ ।
नेपालस्थित चिनियाँ दुतावासले नेपालको परराष्ट्र मन्त्रालयलाई पत्र लेखेर औपचारीकरुपमा चीनमा हुने त्यस्ता हमला रोक्न नेपालसँग सहयोग मागेको हो ।
चीनले आफ्नो देशमा शृंखलाबद्ध रूपमै आतंकवादी हमला भइरहेको जनाउँदै चीन सरकारले त्यसलाई रोक्न नेपालको सहयोग महत्वपूर्ण हुने समेत उल्लेख गरेको छ ।
परराष्ट्र मन्त्रालयलाई काटिएको पत्रमा चीनमा हुने त्यस्ता हमला रोक्न नेपाल सरकारले एउटा छिमेकी देशको हैसियतले आफ्नो जासुसी प्रयाससमेत गरीदिन आग्रह गरिएको छ ।
अहिलेको समयलाई संवेदनशील भएको भन्दै चीनले नेपालमा सम्भाब्य चीनविरोधी गतिविधिमा संलग्न संस्था तथा व्यत्तिको समेत जासुसी गरी अत्यान्तै कडा निगरानी राखिदिन आग्रह गरेको छ ।
चीन सरकारले उक्त पत्र सुरक्षासँग सम्बद्ध सबै निकायलाई पठाइसकेको बुझिन आएको छ ।
आज जुलाई ५, चीनको उत्तरपश्चिमी राज्य सिनजियाङ उइगुर स्वशासित क्षेत्रमा विद्रोह भएको चौथो वर्षगाँठको दिन र भोलि ६ तारिखका दिन तिब्बतका प्रसिद्ध धार्मिक नेता दलाई लामाको जन्मदिनका दिन हुन सक्ने सम्भावित घटनाका विषयमा चीनले अलिक बढी सतर्कता अपनाएको बुझ्न सकिन्छ ।

प्रकाशित मिति:
July 05, 2013