अमेरिकामा पक्राउ परेका नेपालीलाई १० वर्ष जेल, २ लाख ५० हजार डलर जरिवाना
असार २१ । जालसाजीको अभियोगमा अमेरिकामा पक्राउ परेका नौँ जना नेपाली विद्यार्थी मध्ये दुई जना छुटेका छन् ।

पक्राउ परेका राजकुमार डांगी र नारायण चापागाईं धरौटीमा छुटेका हुन् ।
हिरासतमा रहेका विद्यार्थीको अदालती सुनुवाइ आगामी सोमबार हुने बताइएको छ ।
पक्राउ पर्नेहरुमा ३३ वर्षिय महेन्द्र थापा, ४१ वर्षिय खेम आचार्य, ३७ वर्षिय सन्तोष घिमिरे, ४१ वर्षिय लिला बल्लभ पाण्डे, ३७ वर्षिय लक्ष्मण पोख्रेल, ३८ वर्षिय केशव प्रसाई, ३२ वर्षिय गोविन्द पनेरु, रहेका छन् ।
पक्राउ परेकाहरुलाई राज्यका न्यायाधिवक्ता ब्यारी ग्रिसमले विद्यावारिधि गरिररहेका नौजना नेपाली विद्यार्थीमाथि पाँच वर्षअघि आश्रितलाई अमेरिकी भिसा दिलाउन जालसाजी गरेको अभियोग लगाएका थिए ।
पक्राउ परेकाहरुको आरोप प्रमाणित भएमा उनीहरु प्रत्येकलाई १० वर्ष जेल र बढीमा २ लाख ५० हजार डलर जरिवान हुने त्यहांको दी विचिता इगल्सले मंगलबारको अनलाईन संस्करणमा उल्लेख गरेको हो ।

प्रकाशित मिति:
July 05, 2013