अनेमस क्रान्तिकारी जाजरकोटको जिल्ला सम्मेलन सम्पन्न
दिप बहादुर घर्ति
भदौ ७ । नेपाल कम्युनिष्ट पार्टी–माओवादी निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) जाजरकोटले सदरमुकाम खलंगामा बिहिवार दशौ जिल्ला सम्मेलन सम्पन्न भएको छ ।
नयाँ कार्य समिति चयन गर्नुका साथ आगामी नयाँ कार्ययोजना पास गरी जिल्ला सम्मेलन सम्पन्न भएको हो ।
प्रमुख अतिथी अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कि केन्द्रिय सचिवालय सदस्य सविता सिँह रहेको उक्त सम्मेलनमा शुभकामना मन्तव्य नेकपा माओवादी केन्द्रिय सदस्य माया प्रशाद शर्मा , गगन खड्का, जन स्वयमसेवकका केन्द्रिय सचिव कृष्ण राज विक,नेकपा माओवादी जाजरकोटका इन्चार्ज ढकवी रानाले दिएको अध्यक्ष नन्दा कुमारी वुढा (चलाउने) ले बताईन ।
कार्यक्रम संचालन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) जाजरकोटकी सचिव कल्पना सिँहले गरेकी थिईन भने सभापतित्व नन्दा कुमारी वुढा (चलाउने) ले गरेकी थिईन ।
कार्यक्रमको उद्घाटन सत्रमा विगत जन युद्धका १५ जना वीर सहिद परिवारलाई अभिनन्दन गरिएको थियो ।
कार्यक्रमा १ सय ६० जना महिला प्रतिनिधिको उपस्थिति रहेका छन अध्यक्ष वुढाले भनिन् । उक्त जिल्ला सम्मेलनवाट नन्दा कुमारी वुढा (चलाउने) को अध्यक्षतामा ५ सदस्य पछि थप्नेगरि २९ सदस्य नयाँ जिल्ला कार्यसमिति चयन भएको केन्द्रिय सचिवालय सदस्य सविता सिंहले बताईन ।
इतिहासको यो विशिष्ट घडीमा भएको जिल्ला सम्मेलनमा महिला प्रतिनीधिहरुको सहभागिताले नयाँ क्रान्तिको ढोका खोलेको माओवादी केन्द्रिय सदस्य माया प्रशाद शर्माको भनाई छ ।
प्रकाशित मिति:
August 23, 2013