अन्ततः गोलमेचमा सहमति
भदौ ६ । चार दल र नेकपा–माओवादीबीचको वार्तामा सहमति नहुने हल्ला चलिरहका बेला अन्ततःगोलमेच सम्मेलन गर्ने सहमति भएको छ ।
उच्चस्तरीय राजनीतिक समिति र नेकपा–माओवादी नेतृत्वको मोर्चाबीचसमितिको कार्यालय नयाँ बानेश्वरमा आज भएको वार्तामा सबै विवादित विषयमा समाधान गर्ने गरी गोलमेच सम्मेलन गर्ने सहमति जुटेको हो।
गोलमेचमा सैद्धान्तिक सहमति भएपनि त्यसको विधि र प्रक्रियाका बारे भने अझै कुरा मिलेको छैन । उक्त विषयमा छलफल गरी दुई दिनभित्र टुंगो लगाउने सहमति भएको छ ।
विधि र प्रक्रियामा कुरा मिलेमा केही दिनभित्रै सबै राजनीतिक दल र सरोकारवाला पक्षबीच गोलमेच सम्मेलन हुने बताइएको छ ।
नेकपा माओवादी नेता देव गुरुङका अनुसार गोलमेच सम्मेलनमै बहसमा रहेका अन्य विषयहरुका बारेमा छलफल हुनेछ । गोलमेच सम्मेलनबाटै संविधानसभाको निर्वाचन, वर्तमान सरकार र संविधानका अन्तरवस्तुका बारे टुंगो लगाइने छ ।
उच्चस्तरीय राजनीतिक समिति र नेकपा–माओवादी नेतृत्वको मोर्चाबीचसमितिको कार्यालय नयाँ बानेश्वरमा आज भएको वार्तामा सबै विवादित विषयमा समाधान गर्ने गरी गोलमेच सम्मेलन गर्ने सहमति जुटेको हो।
![]() |
फोटो: फाइल |
विधि र प्रक्रियामा कुरा मिलेमा केही दिनभित्रै सबै राजनीतिक दल र सरोकारवाला पक्षबीच गोलमेच सम्मेलन हुने बताइएको छ ।
नेकपा माओवादी नेता देव गुरुङका अनुसार गोलमेच सम्मेलनमै बहसमा रहेका अन्य विषयहरुका बारेमा छलफल हुनेछ । गोलमेच सम्मेलनबाटै संविधानसभाको निर्वाचन, वर्तमान सरकार र संविधानका अन्तरवस्तुका बारे टुंगो लगाइने छ ।
प्रकाशित मिति:
August 22, 2013