यसरी मनाईयो गाईजात्रा (फोटोफिचर)
भदौ ६ । आज काठमाडौं उपत्यका लगायत मुलुकका विभिन्न शहरमा धुमधामका साथ गाईजात्रा पर्व मनाइएको छ ।
यसो गर्दा मृतात्माले यमलोक जाँदा बाटोमा पर्ने वैतरणी नदी सजिलै तर्छन् र मोक्ष मिल्छ भन्ने धार्मिक विश्वास छ ।
ऐतिहासिक मान्यता अनुसार पुत्रबियोगले चिन्तित भएकी आफ्नी रानीलाई दुनियाले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले जनतालाई आफ्नो घरमा मृत्यु भएका व्यक्तिको नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनु भन्ने आदेश पछि पनि रानीको मन शान्त हुन नसकेपछि विभिन्न प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम पनि गरेर शोकविह्लबाट मुक्त हने आशासहित यस्तो गरिएको भन्ने जनविश्वास रहेको छ ।
आजका दिन दिवङ्गत भएका आफन्तहरूको सम्झनामा गाईजात्राका सहभागीलाईर् श्रद्धालुहरूद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान समेत गर्ने गरिन्छ ।
गाईजात्राका दिन राजधानी काठमाडौँमा भने यसरी मनाइएको छ । फोटोफिचर हेर्नुहोस्:
प्रकाशित मिति:
August 22, 2013