७० जना पूर्व माओवादी लडाकु आजबाट नेपाली सेनाका उपसेनानी
आधारभूति तालिम पूरा गरेको उनीहरुलाई आज अधिकृतस्तर (उपसेनानी)को दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।
दर्ज्यानी चिन्ह पाएका अधिकृतहरुले अब हुने बिधागत तालिममा सहभागी भएपछि उनीहरुलाई विभिन्न पदमा खटाइने बताइएको छ ।
उनीहरुमध्ये यामबहादुर अधिकारीलाई महासेनानी तथा बासुदेव घिमिरे र पदमबहादुर तामाङलाई प्रमुख सेनानीका लागि यसअिघ नै सम्झौता भईसकेको छ ।
त्यस्तै, १३ जनालाई सेनानी, ३० जनालाई सहसेनानी र २४ जनालाई उपसेनानी पद दिने नेपाली सेनाले जनाएको छ ।
दर्ज्यानी चिह्नसँगै अब उनीहरु तीन महिने ब्रिजिङ कोर्समा सहभागी हुने बताइएको छ ।
प्रकाशित मिति:
August 26, 2013