मिति सारेर भए पनि माओवादीलाई ल्याउनुपर्छ : मैनाली

राजनीतिक निकासका लागि गोलमेच सम्मेलन गर्ने सैद्धान्तिक सहमतिमा पुगेका दुवै पक्षबीच वार्ता भंग हुनु गम्भीर विषय भएको भन्दै मालेले दुवै पक्षलाई वार्तामा बस्न आग्रह गर्दै गोलमेच सभा, सर्वदलीय बैठक आयोजना गरी त्यसैद्वारा संविधानसभाको अर्का चुनावसम्बन्धी विवाद हल गर्न माग गरेको छ ।
माले महासचिव सीपी मैनालीले आइतबार विज्ञप्ति जारी गर्दै नेकपा–माओवादीलाई नि माओवादी नेतृत्वको मोर्चालाई निर्वाचनमा सहभागी नगराउँदा त्यसले मुलुकलाई अन्त्यहीन द्वन्द्व र अस्थिरतातर्फ धकेल्ने भन्दै मैनालीले माओवादी नेतृत्वको मोर्चा निर्वाचनमा आउन तयार हुन्छ भने २०७० सालभित्र जुनसुकै मितिमा पनि निर्वाचन सार्न सकिने उनको जनाएका छन् ।
उनले वर्तमान सरकार, प्रमुख तीन दल र मधेसी मोर्चाबीच भएको ११ बुँदे सहमति र २५ बुँदे बाधा अड्काउ फुकाउको विषय संशोधन गर्नुपर्ने माग गरेका छन् । ‘नेकपा–माओवादीलाई समितिमा सम्मिलित दलहरूका पूर्वाग्रह, संकीर्णता र अहंका कारण निर्वाचन प्रक्रियाबाट बाहिर धकेल्नु सार्थक संविधानसभाको निर्वाचनको निम्ति गलत र हानिकारक हुनेछ बताएका छन् ।
प्रकाशित मिति:
August 26, 2013