आतंकवादी माफियामाथि नेपालमा कडाई, २ सय ८८ जनाको बैंक खाता रोक्का
भदौ २५ । गृह मन्त्रालयले अन्तर्राष्ट्रिय आतंकवादी माफियामाथि कडाई गरेको छ । गृहले आतंकवादी अल कायदासँग निकट दुई सय २४ जना र अन्य शंकास्पद ६४ वटा संघसंस्थाको खाता तथा कारोबार निषेध गर्ने निर्णय समेत गरेको छ ।
दाउसहित दुई सय ८८ जना आतंकवादी व्यक्ति र संस्थाको विवरण सार्वजनिक गर्दै त्यस्ता व्यक्ति तथा समूहको खाता एवं कुनै पनि कारोबार भए तत्काल रोक्न सम्बन्धित सबै संस्था तथा वित्तीय निकायालाई निर्देशन दिएको हो ।
सम्पत्ति शुद्धीकरण ऐन कार्यान्वयनका क्रममा संयुक्त राष्ट्रसंघीय प्रावधान अनुमोदन गर्दै सरकारले आतंककारी संगठन र आतंकवादी व्यक्तिको खाता तथा आर्थिक कारोबार रोक्का गर्न सार्वजनिक सूचना जारी गरेको हो ।
गृहमन्त्रालयले नेपालका कुनै पनि व्यक्ति, संघसंस्था तथा बैंकसँग अन्तर्राष्ट्रिय आतंकवादी माफिया दाउद इब्राहिमको आर्थिक कारोबार भए तत्काल रोक्का गर्न निर्देशन समेत दिएको अन्नपूर्णपोष्टमा खबर छ ।
दाउसहित दुई सय ८८ जना आतंकवादी व्यक्ति र संस्थाको विवरण सार्वजनिक गर्दै त्यस्ता व्यक्ति तथा समूहको खाता एवं कुनै पनि कारोबार भए तत्काल रोक्न सम्बन्धित सबै संस्था तथा वित्तीय निकायालाई निर्देशन दिएको हो ।

गृहमन्त्रालयले नेपालका कुनै पनि व्यक्ति, संघसंस्था तथा बैंकसँग अन्तर्राष्ट्रिय आतंकवादी माफिया दाउद इब्राहिमको आर्थिक कारोबार भए तत्काल रोक्का गर्न निर्देशन समेत दिएको अन्नपूर्णपोष्टमा खबर छ ।
प्रकाशित मिति:
September 10, 2013