रहेनन् गायक फत्तेमान
भदौ २५ । वरिष्ठ गायक फत्तेमान राजभण्डारीको निधन भएको छ ।
फोक्सोमा क्यान्सर भएका ७७ वर्षिय उनको सोमबार राति १२स्५० बजे निधन भएको हो ।
क्यान्सर भएको निकैसमय पछिमात्र पहिचान भएको र क्यान्सरको तेस्रो अवस्थामा पुगेपछिमात्र उपचार गर्न सुरु गरिएको थियो ।
क्यान्सर तेस्रो चरणमा पुगेपछि मात्र पत्ता लागेको र दस दिनका लागि दिइएको किमोथेरापी सम्पन्न भएको भए उनी अझै लामो समय बाँच्ने सम्भावना रहने उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

वि.सं १९९३ मंसिर १३ मा जन्मिएका गायक राजभण्डारीले ४ सय भन्दा बढी कालजयी गीत र भजनमा स्वर तथा सङ्गीत दिईसकेका छन् ।
त्यसमध्ये ‘मर्न बरु गाह्रो हुन्न ‘, यस्तो पनि हुँदो रहेछ ‘।, सान्नानीको गालैमा कालो कोठी रैछ‘, 'बनै खायो डडेलोले मनै खायो', ‘रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो’ लगायत चर्चित केही गीतहरु हुन् ।
राजभण्डारीका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

प्रकाशित मिति:
September 10, 2013