सुजाता कोइरालाको नाम सुनसरीमा
भदौ १८ रासस । मोरंगबाट पार्टीले आफूलाई सिफारिस नगरेको भन्दै रिसाएर चुर बनेकी कांग्रेस नेतृ सुजाता कोइरालाको नाम सुनसरीबाट सिफारिस गरिएको छ । नेतृ कोइरालाको नाम सुनसरी-५ बाट सिफारिस भएको हो ।
नेपाली काँग्रेस सुनसरीका अनुसार निर्वाचन क्षेत्र नं.१ मा चन्द्रप्रसाद श्रेष्ठ, मीना सुब्बा, भीष्म काफ्ले, विनोद राई, मिन विश्वकर्मा, हरिनाथ बास्तोला र मदन ढकालको नाम प्रस्ताव भएर आएको छ । निर्वाचन क्षेत्र नं.२ मा बद्री चौधरी, हेमकर्ण पौडेल, राजीव ढुङ्गाना, विजय कटुवाल, दिलकुमारी राई र शिव फागुको नाम प्रस्ताव गरिएको छ ।
यसैगरी निर्वाचन क्षेत्र नं.४ मा पार्टी सभापति राजीव कोइराला, सीताराम मेहता, केदार भण्डारी, रामप्रसाद मेहता, रामबहादुर बस्नेत, मोहन मेहता र ज्योति सुब्बाको नाम अगाडि आएको छ भने निर्वाचन क्षेत्र नं. ५ मा नेपाली काँग्रेसकी नेत्री सुजाता कोइराला, ताहिर अन्सारी, एैयुव अन्सारी, नइम मन्सुरी, रानी खातुन र गफार अन्सारीको नाम उम्मेदवारको पङ्क्तिमा छ । निर्वाचन क्षेत्र नं.६ मा रामबहादुर बस्नेत, बाबुराम विष्ट, रतनकुमार राई र सानुमैया राउतको नाम निर्वाचनका लागि सिफारिस भएका छन् ।
गत संविधानसभाको निर्वाचनमा निर्वाचन क्षेत्र नं.१ मा उमा बास्तोला, क्षेत्र नं.२ मा अमरबहादुर गौली, क्षेत्र नं.३ बाट अगमलाल चौधरी, क्षेत्र नं.४ बाट सीताराम मेहता, क्षेत्र नं. ५ बाट नेपाली कांग्रेसकी नेत्री कोइराला र क्षेत्र नं.६ बाट रामबहादुर बस्नेतले प्रत्यक्ष निर्वाचन प्रणालीको उम्मेदवार हुनुभएको थियो । सो निर्वाचनमा नेपाली काँग्रेसका सबै उम्मेदवार झिनो मतान्तरमा पराजित भएका थिए ।
प्रकाशित मिति:
September 03, 2013