गगन थापा प्रचण्डसँग ब्याक, सागरसँग टक्कर
भदौ १७ । एमाओवादीका पूर्वसैन्य कमाण्डर नन्दकिशोर पुन पासाङका लागि नाम सिफारिस गरेको काठमाडौं ४ नम्बर क्षेत्रमा नेपाली कांग्रेसका नेता गगन थापाको टक्कर पर्ने सम्भावना चुलिएर गएको छ ।
यसअघि प्रचण्डसँग चुनाव लड्न तयार छु भन्दै हिड्ने गगन थापा प्रचण्डसँग भने चुनाव नलड्ने देखिएको छ ।
कांग्रेस नेता थापालाई आगामी संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनाउन पार्टीले सिफारिस गरेपछि उनको टक्कर पासांगसँगै हुने देखिएको छ ।
काठमाडौं क्षेत्र नं ४ मा एमाओवादीले पासाङको नाम सिफारिस गरिसकेको छ । यद्यपि पासाङको नाम रोल्पा र दाङबाट पनि सिफारिस भएको पनि बताइएको छ । यसो हुँदा काठमाडौँ ४ मा हेरफेर हुने सम्भावना पनि रहेको छ ।

प्रकाशित मिति:
September 02, 2013