केन्द्रीय कमिटीले सुम्पियो जिम्मा खनाललाई नै
भदौ १७ । नेकपा एमालेको केन्द्रीय कमिटीले संविधानसभा निर्वाचन परिचालनको जिम्मा अध्यक्ष झलनाथ खनाललाई नै दिएको छ ।
निर्वाचन समितिको संयोजकमा महासचिव इश्वर पोखरेल र नेता केपी शर्मा ओलीले दाबी गरेपनि झण्डै ७ घण्टा लामो छलफलपछि खनाललाई नै जिम्मा दिने निर्णय भएको हो ।
पार्टी मुख्यालय बल्खुमा सोमबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले खनालको नेतृत्वमा पाँचै विकास क्षेत्रका संयोजकहरु रहने निर्वाचन परिचालन समिति गठन समेत गरेको छ ।
निर्वाचन परिचालन कमिटीमा क्षेत्रीय संयोजकहरु उपाध्यक्षद्वय बामदेव गौतम (मध्य-पश्चिमाञ्चल तथा सुदूर पश्चिमाञ्चल), विद्या भण्डारी (पूर्वाञ्चल), सचिव द्वय युवराज ज्ञवाली (मध्यमाञ्चल), र शंकर पोखरेल (पश्चिमाञ्चल) सदस्य रहेका छन् ।
यसैगरी, बैठकले युवा संघ नेपालभित्र देखिएको विवाद मिलाउन पनि तीन सदस्यीय समिति गठन गरेको छ ।

प्रकाशित मिति:
September 02, 2013