भट्टी पसलमा देह व्यापार गराउने गिरोह पक्राउ

उक्त गिरोहले छ महिनादेखि १३ वर्षीया किशोरीलाई बन्धक बनाएर देह व्यापारमा लगाएको अनुसन्धान बाट पत्ता लागेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंले उक्त स्थानमा छापा मारेर १३ वर्षीया किशोरीसहित ६ जनाको उद्धार गरेको छ ।
भट्टी सञ्चालक र त्यहाँ किशोरीलाई ल्याइदिने अर्का एकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बारा कलैयाकी रीतादेवी यादव र सप्तरीका अमेरिका महतो छन् ।महतोले १३ वर्षीया ती किशोरीलाई भारतको मोतिहारीबाट बावु-आमालाई थाहा नदिई घरमा भाँडा धुने कामका लागि भन्दै लिएर आएका थिए ।तर यहाँ ल्याएर बन्धक बनाई देह व्यापारमा लगाएको पाइएको आजको कान्तिपुरमा खबर छ ।
प्रहरीका अनुसार त्यहाँ बाहिरबाट हेर्दा भट्टी पसल र भित्र ३ वटा कोठा बनाएर अवैध धन्दा हुने गरेको थियो । प्रहरीले अन्य किशोरीलाई पनि झुक्याएर ल्याई बन्धक बनाएर देह व्यापारमा लगाउने गरेको बताएको छ ।
प्रकाशित मिति:
September 16, 2013