महिना दिनमै दुई पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि
भदौ २६ । महिना दिनमै सरकारले दुई पटक पेट्रोलियम पदार्थको भाउ बढाएको छ । नेपाल आयल निगमले मंगलबार दोस्रो पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो ।
यसअघि निगमले साउन २६ गते पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेकोमा यो महिना दिन बित्न नपाउँदै दोस्रो पटक भाउ बढाएको हो ।
मंगलबार निगमले पेट्रोलमा ५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा ३/३ रुपैयाँ वृद्धि गरेको छ । यस्तै, हवाई इन्धनमा आन्तरिकतर्फ ७ रुपैयाँ वृद्धि भएको छ । हवाई इन्धनमा अन्तर्राष्ट्रियतर्फ र ग्याँसको भने मुल्यवृद्धि भएको छैन ।
यसअघि पेट्रोलमा दुई रुपैयाँ, डिजेल र मट्टितेलमा १ रुपैयाँ मुल्यवृद्धि गरेको थियो ।
मंगलबार भएको मूल्य बृद्धिपछि बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ३० रुपैयाँ पुगेको छ भने डिजेल र मटिट्तेलको १ सय ३ पुगेको छ ।
लागत मूल्य बढेर निगमले घाटा थेग्न नसक्ने अवस्था आएको भन्दै मूल्य वृद्धि गरिएको निगमको भनाई छ ।
यसैबीच, मूल्यवृद्धिको विरोधमा बुधबार बिहान विद्यार्थी संघ/संगठनहरु आन्दोलित भएका छन् ।
राजधानीका विभिन्न कलेजहरु अगाडि मूल्यवृद्धिको बिरोधमा विद्यार्थीहरुले प्रदर्शन गर्दै मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन् ।

प्रकाशित मिति:
September 11, 2013