माओवादी आक्रमणको डरले चुनावमा खटिनेको १५ लाख बीमा
भदौ २५ । यथास्थितिमा निर्वाचन गरिए ध्वस्त नै पार्छौ भन्ने नेकपा माओवादीका नेताहरुको अभिव्यक्तिले जनमानसमा एक किसिमको त्रास पैदा भईरहेको बेला त्यो त्रास निर्वाचन आयोगमा समेत देखिएको छ ।
नेकपा माओवादीमा जनयुद्ध लडेर आएका युवाहरुको ठूलो जमात रहेको र उनीहरुले चाहेमा जतिबेला पनि विष्फोट लगायत अप्रिय घटना समेत घटाउन सक्ने चर्चाहरु चलिरहेको बेला निर्वाचन आयोगले भने संविधानसभा चुनावमा खटिने कर्मचारीका लागि लोभलाग्दो रकम अगाडी सारेको छ ।
त्रासका बिच कर्मचारीहरु समेत नपाइने भयभित वातावरणलाई मध्यनजर गर्दै निर्वाचन आयोगले हरेक व्यक्तिको १५ लाख रुपैयाँ बीमाको व्यवस्था गरेको छ । विपक्षीहरुले यसलाई निर्वाचनमा कर्मचारी नै त्रासले नखटिने अवस्था नआओस् भन्नका लागि यस्तो कार्य अगाडी सारिएको बताउछन् ।
मंसिर ४ मा हुने चुनावी प्रक्रियामा संलग्न हुने झण्डै साढे दुई लाख कर्मचारी खटिने अवधी अनुसार दुर्घटना तथा बाह्य आक्रमणबाट हुने क्षतिका लागि बीमाको ब्यवस्था गरिएको हो ।
सरकारले मंसिर ४ गतेका लागि संविधानसभाको दोस्रो निर्वाचनको मिति तोकेपनि प्रमुख दलहरु नै आन्तरिक कलहमा अल्मलिएका छन् । यसले मंसिरमा निर्वाचन हुने सम्भावना भने टर्दै गएको छ ।
उता, विपक्षीहरुले पनि आफूहरुलाई बाईपास गरेर निर्वाचन गरिए बहिस्कार मात्रै नभएर ध्वस्तै पार्ने चेतावनी दिँदै आएका छन् । यसले आम जनमानसमा त्रास पैदा गरिदिएको छ ।

प्रकाशित मिति:
September 09, 2013