वैद्य आउने ग्यारेन्टी भए बाधा अड्काउ संशोधन गछौँ : कोइराला

स्व. बीपी कोइरालाको १०० औं जन्मजयन्तीको अवसरमा सोमबार सुन्दरीजलमा आयोजित कार्यक्रममा बोल्दै उनले नेकपा-माओवादी संविधानसभा निर्वाचनमा सहभागी भए ११ बुँदे सहमति र २५ बुँदे बाधा अड्काउ फुकाउ आदेश संशोधन गर्न तयार रहेको जनाए ।
सो अवसरमा उनले संशोधनअघि माओवादीले चुनावमा आउने ग्यारेन्टी भने हुनुपर्ने बताए ।
कार्यक्रममा बरिष्ठ नेता शेरबहादुर देउवा, कांग्रेस उपसभापति रामचन्द्र पौडेल लगायतले आफ्नो धारणा राखेका थिए ।
प्रकाशित मिति:
September 09, 2013