सार्कस्तरिय शल्य-चिकित्सकको सम्मेलन राजधानीमा जारी

मंसिर १३ । सार्क स्तरिय शल्य चिकित्सकको सम्मेलन प्रथम पटक नेपालमा सुरु भएको छ ।
राजधानीमा जारी सम्मेलन मंसिर १५ गते सम्पन्न हुने नेपाल शल्य चिकित्सक समाजका महासचिव प्रा.डा रामेश्वर पाखेरेलले जानकारी दिएका छन् ।
सम्मेलनका क्रममा सार्क राष्टहरुमा शल्य चिकित्सक क्षेत्रमा विकास र शल्य चिकित्सासम्बन्धी शिक्षा, आचारसंहिता र यस क्षेत्रमा भएका नवीनतम ज्ञान र प्रविधिबारेमा छलफल भइरेहको छ ।
सम्मेलनमा सार्कका ख्याती प्राप्त वरिष्ठ शल्य चिकित्सक सहित ३०० भन्दा बढि शल्य चिकित्सक सहभागी छन् ।
प्रकाशित मिति:
November 28, 2013