टी-ट्वान्टी विश्वकप छनोटमा नेपाल तेस्रो, विश्वकप पनि खेल्ने
टी-ट्वान्टी विश्वकप छनोट क्रिकेटमा नेपाल तेस्रो भएको छ ।
घरेलु टिम युएर्इलार्इ ५ विकेटले पराजित गर्दै नेपाल तेस्रो भएको हो भने यसअघि नै विश्वकपका लागि ढोका खोलिसकेको छ ।
१ सय ३२ रनको लक्ष्य लिएर मैदानमा उत्रेको नेपालले शरद भेसवकारको अविजित ४३ रनमा लक्ष्य पूरा गरेको हो ।
नेपालले १९ ओभर २ बलमा ५ विकेट गुमाएर विजय सुनिश्चित गरेको थियो ।
ओपनर सुवाश खकुरेलले ३ चौकासहित ३८ रन जोडे भने ओपनर सागर पुनले १९ रन बनाए । अनिल मण्डल १३ रनमा अविजित रहे । त्यसैगरी ज्ञानेन्द्र मल्ल ४ रनमा आउट भए भने कप्तान पारस खड्काले २ रन मात्र जोड्न सके । अर्का व्याट्सम्यान विनोद भण्डारी डकआउट भएका थिए ।

प्रकाशित मिति:
November 30, 2013