संविधानसभा भवनको सुरक्षामा नेपाल प्रहरी खटिने
मंसिर १५ । संविधानसभाको सम्पुर्ण सुरक्षा व्यवस्था नेपाल प्रहरीले लिने भएको छ ।
नेपाल प्रहरीले संबिधानसभाको भवनको भित्रि घेरा र बाहिरी घेराको सुरक्षा लिने साथै संविधानसभा वरपर कुनै अप्रिय घटना नहोस र संविधानसभा भवनमा कुनै पनि प्रकारको सुरक्षा थ्रेट नहोस भनेर सम्पुर्ण सुरक्षाको लागी नेपाली प्रहरीले जिम्मा लिने भएको छ ।
यस सम्बन्धी गृहकार्यका लागी महानगरीय आयुक्तमा छलफल भइरहेको र यसका लागी नेपाल प्रहरी भित्र रहेका दक्ष प्रहरी परिचालन गर्ने गृहकार्य भइरहको आयुक्त कार्यलयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी गणेश केसीले बताएका छन् ।
प्रकाशित मिति:
November 30, 2013