टौदह पोखरीका पाहुनाहरु (फोटोफिचर)
बुद्ध शरण/काठमाडौं
काठमाडौं उपत्यका बाट ६ किलोमिटर दक्षिणमा अवस्थित यो टौदह ऐतिहासिक पोखरी मनोरम, शान्त, मनमोहक र जलचरहरुको वासस्थान पनि मानिन्छ ।
जाडो याममा कार्तिकको अन्त्यदेखि यहाँ मोंगोलिया, सैबेरिया तथा तिब्बत लगायत जल क्षेत्रबाट यहा बसाइ सरी र जाडो छल्न हरेक वर्ष ठुलो संख्यामा विभिनन प्रजातिका चराचुरुंगी यहा आउने गर्दछन् । र तिनीहरु चैत महिनाको सुरुवात संगै बिस्तारै फेरी पुरानै बासस्थान तिर फर्कने गर्दछन् । यहा रंगीविरंगी विभिन्न १० भन्दा बढी प्रजातिका जल चरहरुको अवलोकन गर्न सकिन्छ ।
नाग पंचामीको दिनमा विषेश मेला रहने यस पोखरीको किम्वदन्ती अनुसार परा पुर्वकालमा उपत्यका पानीले भरिएको र महा मंजु श्रीले सोपोखारिको दक्षिण तिरको एक छेउबाट पानी बाहिर निकाली दिएको र त्यस समयमा उपत्यका पानीले भरिएको पोखरीलाई काली नाग दाहा कर्कट नागराजको वासस थानको रुपमा पनि चिनिन्छ । तसर्थ महा मन्जुश्रीले कालिनाग दहका राजा कर्कट नागको लागि वासस्थान स्वरूप एस टौदहको निर्माण गरिदिएको जनविश्वास रहि आएको छ ।
प्रकाशित मिति:
November 30, 2013